Connect with us
Kapilvast Forest

विद्यालयबाट घर फर्किंदा भिरबाट लडेर बालकको मृत्यु

२०७९, १८ जेष्ठ बुधबारमा प्रकाशित

गोरखा-आरुघाट गाउँपालिका-१ कल्चेतमा भिरबाट लडेर एक बालकको मृत्यु भएको छ । विद्यालयबाट घर फर्किंदै गर्दा अंगेरी टिप्न गएका सात वर्षीय अनमोल गुरुङको लडेर मैत्यु भएको प्रहरीले जनाएको छ ।

‘दाइसँग स्कुलबाट घर फर्किंदै गर्दा बाटोमा अंगेरी टिप्न गएछ’ डिएसपी लिलाराज लामिछानेले भने, ‘सोही क्रममा ढुङ्गामा चिप्लिएर अनमोल तल खसेछ, माथिबाट त्यही ढुङ्गा आएर टाउकोमा लागेछ ।’

 

घाइते गुरुङको प्राथमिक स्वास्थ्य केन्द्र केरौजामा उपचारको क्रममा मृत्यु भएको बताइएको हो । उनको शव पोष्टमार्टमका लागि आरुघाट ल्याउने तयारी भइरहेको डिएसपी लामिछानेले बताए ।मृतक गुरुङ चन्द्रोदय प्राविमा अध्ययनरत थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu