Connect with us
Kapilvast Forest

सितगंगा नगरपालिकाले आफ्नै लोगा बनाउने

२०७९, १८ जेष्ठ बुधबारमा प्रकाशित

sitaganga

अर्जुन बेल्बासे , कपिलवस्तु-अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिकाले आफ्नो नगरको चिन्ह(लोगो) बनाउने भएको छ। क्षेत्रफलको हिसावले देशकै ठुलो नगरपालिकाको रुपमा रहेको सितगंगाले नगरपालिकाको समग्र विकास र नगरको विशिष्ट पहिचान झल्कने खालको आफ्नै लोगो बनाउने भएको छ ।

सितगंगा नगरपालिकाकाका प्रमुख प्रशासकिय अधिकृत झविन्दरु खनालले एक सुचना जारी गर्दै गत जेठ १२ गते बसेको कार्यपालिकाको बैठकले नगरपालिकाले आफनै लोगो प्रयोयमा ल्याउने निर्णय अनुसार असार ३१ गते भित्र नगरको पहिचान गर्ने खालको लोगोको नमुना बनाई कार्यालयमा पेस गर्न अनुरोध गर्दै सुचना प्रकाशन गर्नु भएको छ ।साथै उत्कृष्ट लोगो वनाउनेलाई पुरस्कारको ब्यवस्था समेत गरेको प्रमुख प्रसासकिय खानालले बताउनु भयोे । 

नगरपालिकाका प्रमुख छविलाल पौडेले सितगंगा नगरबासीको छुट्टै पहिचान साँस्कृतिक, प्राकृतिक, सामाजिक, ऐतिहासिक,   भौगोलिक तथा नगरको पहिचान कायम गर्न लोगो बनाउन थालेको बताउनुभयो । 

नगरको स्थानीय कला, संस्कृति भेषभूषा र भौगोलिक ऐतिहासिक सवालहरुको पहिचानका गरीमा बढाउने उदेश्यलनगरले आफनै लागो बनाउन लागेको नगर उप प्रमुख गिता भाटले बताउनु भयो । स्थानिय तहको निर्वाचन २०७९ को निर्वाचन पछिको कार्यपालिकाको पहिलो बैठकले उक्त निर्ण गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu