Connect with us
Kapilvast Forest

युक्रेनसँगको ‘भावनात्मक’ खेलका लागि स्कटल्याण्ड तयार

२०७९, १८ जेष्ठ बुधबारमा प्रकाशित

काडमाडौं – स्कटल्याण्ड राष्ट्रिय रंगशालाले बुधबार स्कटल्याण्ड र युक्रेनबीच विश्वकप प्लेअफ सेमिफाइनल खेलको आयोजना गर्दैछ ।रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण यो खेलले विश्वभरका फुटबल समर्थकको ध्यान आकर्षित गर्नेछ ।

 

भावनात्मक रुपले हेरिएको यो खेलको विजेताका लागि राष्ट्रिय गौरवमात्र हुने छैन, आइतबार कार्डिफमा वेल्सविरुद्ध हुने फाइनल खेलमा पनि स्थान सुरक्षित हुनेछ ।स्कटल्याण्ड २४ वर्षपछि पहिलोपल्ट फिफा विश्वकप खेल्ने लक्ष्यमा छ । जवकि युक्रेन सन् २००६ यता पहिलो विश्वकप उपस्थितिको प्रयासमा छ ।

तर, युक्रेनको तयारी मातृभूमिमा चलिरहेको युद्धका कारण कमजोर बनेको छ । त्यही कारणले मार्चमा हुनुपर्ने यो खेल दुई महिना पछि सारिएको हो ।असहज परिस्थितिका कारण देशका धेरैजसो युवालाई आर्मीमा भर्ती हुन गरिएको आह्वानबीच युक्रेनको फुटबल टिमले एक महिनादेखि स्लोभेनियामा प्रशिक्षण गरिरहेको छ ।

जर्मनी, इटली र क्रोएसियासँगको मैत्रीपूर्ण फुटबलसँगै युक्रेनले छनोट प्रतियोगिताको समूह चरणका ८ खेलमा अपराजित रह्यो । उनीहरु समूह डीमा साविक विजेता फ्रान्ससँग पछि परेपछि प्लेअफमा पुगेका हुन् । समूह चरणमा युक्रेनले २ जित र ६ बराबरीको नतिजा निकालेको थियो ।

स्कटल्याण्डका मुख्य प्रशिक्षक स्टिभ क्लार्कले पाहुना टोली कुनै चिन्ताबेगर खेलका लागि तयार रहने अपेक्षा गरेका छन् ।‘प्रतिभाशाली खेलाडीको साथमा युक्रेन टिम बलियो छ,’ उनले थपे, ‘युक्रेन एक राम्रो टिम हो । तर हामी पनि राम्रो छौं ।’

स्लार्कको टोली पनि समूह चरणमा डेनमार्कभन्दा पछि रहँदै प्लेअफमा पुगेको हो । उनीहरु पछिल्लो ८ खेलदेखि अपराजित छन् । ‘हाम्रो खेल शैली उस्तै छ । हामी आक्रामक खेल्न मन पराउँछौं,’ उनले थपे, ‘उनीहरु आक्रमणको प्रयास गर्नेछन् ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu