Connect with us
Kapilvast Forest

राष्ट्रपति भण्डारीद्वारा बडीमालिका मन्दिरको दर्शन

२०७९, १८ जेष्ठ बुधबारमा प्रकाशित

 

 

बाजुरा – राष्ट्रपती विद्यादेवी भण्डारी बुधबार बिहान बाजुराको बडीमालिका मन्दिरको दर्शन र पूजाअर्जना गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेशको बाजुरामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकयि स्थलका रुपमा परिचित बडीमालिकाको दर्शनका लागि राष्ट्रपती भण्डारी बुधबार बिहान साढे ७ नेपाली सेनाको हेलिकोप्टरबाट बाजुरा पुग्नुभएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सुर्य थापाले बताउनुभभयो ।

राष्ट्रपती भण्डारीले नेपाली सेनाकै अर्को हेलिकप्टरमा बडीमालिका मन्दिरमा पुगेर मन्दिरको दर्शन र पूजापाठ सकेर सुर्खेत फर्किएको प्रहरीले जनाएको छ ।

राष्ट्रपती भण्डारीले बिहान १० बजेको समयमा बडीमालिकाको दर्शन तथा पूजा गर्नुभएको थियो ।जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकामा जेठ महिनामा लाग्ने गङ्गादशहराको पहिले नै बडीमालिकाको पूजा गर्ने प्रचलन अनुसार बुधबार राष्ट्रपति भण्डारीले पूजा आराधना गरेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

पहिलो पटक बाजुरामा आएकी राष्ट्रपती भण्डारीले बडीमालिका मन्दिरको दर्शन गर्नुका साथै बाजुरा जिल्लाको अवलोकन गर्नुभएको हो ।

बडीमालिकाको पूजा सकेर राष्ट्रपति भण्डारी सुर्खेत फर्किनु भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu