Connect with us
Kapilvast Forest

रोल्पामा युवकको शव फेला

२०७९, १९ जेष्ठ बिहीबारमा प्रकाशित

death

रोल्पा -घर बाटा बेपत्ता भएको झण्डै दुई महिना पछि रोल्पामा एक युवकको शव फेला परेको छ । रोल्पा नगरपालिका–१० धाङसी बस्ने राजकुमार रोकाका १८ वर्षीय छोरा भगवती रोका मगरको शव फेला परेको हो ।

रोल्पाका निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक थम्मन बिसीका अनुसार उनी २०७८ चैत्र २४ गते घरबाट हिँडेका थिए । धेरै दिन सम्म घरमा नफर्किए पछि परिवारजनले वैशाख महिनामा खोज तलास गरी पाउँ भनी प्रहरीमा उजुरी दिएका थिए ।

सोही अनुरूप खोजतलास गर्दै जाने क्रममा सोही नगरपालिका–९ स्थित सुनप्रकाश बुढाको खाली गोठमा निजको शव सडेगलेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक बिसीले बताए । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu