Connect with us
Kapilvast Forest

पाणिनि बहुमुखीका विद्यार्थीद्वारा सेमिनार कार्यक्रम सम्पन्न

२०७९, १९ जेष्ठ बिहीबारमा प्रकाशित

शिवकुमार बेल्वासे,कपिलवस्तु -अर्घाखाँचीको पाणिनि बहुमुखी क्याम्पस शिक्षा शास्त्र संकाय चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीको आयोजनामा ´´विद्यालय शिक्षामा समता कायम गर्न छात्रा छात्रवृत्ति अनिवार्य कि आवश्यकतामा आधारित ?“ विषयाक एक दिने सेमिनार कार्यक्रम बुधबार सम्पन्न भएको छ। शीतगंगा नगरपालिका वडा नम्बर ५ जुकेनामा रहेको सुधा माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण व्यवस्था सम्बन्धि गहन अध्ययन गरि विद्यार्थीको सम्पूर्ण अवस्था हेरेर वितरणमुखी बनाउन टेवा पुराउँने उद्देश्यले सोही विद्यालयमा कार्यक्रम गरिएको हो ।

 

लामो समय अध्ययन गरेर सेमिनार पत्र समेत तयार गरेका थियो।सेमिनार पत्र तयार गर्दा विभिन्न सरोकारवाला व्यक्तित्वसँग प्रत्यक्षरुपमा धारणा लिएर अध्ययन गर्दा राज्यको नीति समानतामा आधारित भएको तर यसलाई पुनर्विचार गर्दै समतामूलक बनाउनुपर्नेमा जोड दिएको पाइयो ।

कार्यक्रममा पाणिनि बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी मञ्जु रेस्मीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि टिप्पणी गर्दै विद्यार्थी माया न्यौपाने ,शिक्षक,मधुसूदन पौडेल ,विद्यालय व्यवस्थापन समिती अध्यक्ष बेद प्रसाद पौडेल ,वडा अध्यक्ष चन्द्रमणि बेल्वासे,उप्रध्यापक दोर्ण प्रसाद भुसाल ,पाणिनि बहुमुखी क्याम्पस शिक्षा योजना तथा व्यवस्थापन विभागीय प्रमुख नन्दराम भट्टराई र सुधा माध्यमिक विद्यालयका प्रधानाध्यापक भोजराज आचार्य लगायतले समग्रमा प्रकाश पार्दै राज्यले स्वयंसेवक खटाएर गर्नुपर्ने काम विद्यार्थीबाट उठाउन भएको भन्दै धन्यवाद पात्रको उपमा दिएका थिए साथै कार्यपत्रमा देखिएका कमिकमजोरीहरु औलाएका थिए ।

विभिन्न वक्ताहरुले दिएका राय सुझावलाई मनन गर्दै पाणिनि बहुमुखी क्याम्पसका विद्यार्थी हेम बहादुर रास्कोटिले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रमुख अतिथिद्वारा ब्यानर पढेर उद्घाटन भएको कार्यक्रम पाणिनि बहुमुखी क्याम्पस शिक्षा योजना तथा व्यवस्थापन विभागीय प्रमुख नन्दराम भट्टराईको प्रमुख आतिथ्यता,उपप्रध्यापकहरु दोर्ण प्रसाद भुसाल ,लक्ष्मण पोख्रेल ,मिनराज खनाल ,मञ्जु घिमिरे ,वडाअध्यक्ष चन्द्रमणि बेल्वासे,विद्यालय व्यवस्थापन समिति अध्यक्ष बेद प्रसाद पौडेलको विशिष्ट आतिथ्यता ,विद्यालय व्यवस्थापन समिति सदस्य ,विद्यालयका सम्पूर्ण शिक्षक,कर्मचारी ,अभिभावक ,समाजसेवी ,विद्यार्थीको आतिथ्यता र विद्यालयका प्रधानाध्यापक भोजराज आचार्यको अध्यक्षता रहेको कार्यक्रम क्याम्पसका विद्यार्थी खिम बहादुर घर्तीको स्वागत मन्तव्य तथा शिवकुमार बेल्वासेको सञ्चालनमा सम्पन्न भएको थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu