Connect with us
Kapilvast Forest

नेपालले फेरि भारतलाई बेच्न थाल्यो बिजुली

२०७९, १९ जेष्ठ बिहीबारमा प्रकाशित

 

काठमाडौँ – केही समयअघि भारतबाट बिजुली नपाएर औद्योगिक ग्राहकको लाइन काटेको प्राधिकरणले अहिले फेरि भारतलाई बिजुली बेच्न थालेको छ । बुधबार रातिबाट ३९ मेगावाट बिजुली ‘इन्डियन इनर्जी एक्स्चेन्ज’ (आईईएक्स) मा बेचेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए ।

 

‘हिजो रातिबाट त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको बिजुली भारत निर्यात हुन थालेको छ,’ उनले भने, ‘सबै सेवा शुल्कहरु घटाएर प्रतियुनिट औसत भारु ६ रुपैयाँ २८ पैसामा बिजुली बेचिएको छ । यो सोझै प्राधिकरणको खातामा आउने रकम हो ।’ ह्विलिङ चार्ज, मध्यस्थकर्ता कम्पनीको सेवाशुल्क कटाएर नेपालले करिब साढे १० रुपैयाँमा भारतमा बिजुली बेचेको प्राधिकरणले जनाएको छ ।

 

नेपालले गत वर्ष कात्तिक १७ गतेबाट ‘डे अहेड मार्केट’को अवधारणामा आईईएक्समा बिजुली बेच्न थालेको थियो । २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट आयोजनाबाट करिब १ महिना नेपालले भारतमा बिजुली बेचेको थियो । वर्षायाममा नेपालको बिजुली देशभित्र खपत हुने अवस्था नभए पनि हिउँदमा भने भारतबाटै आयात गर्नुपर्ने अवस्था छ ।

भारतले हालसम्म नेपालका २ वटा आयोजनाको मात्रै बिजुली किन्नका लागि स्वीकृति दिएको छ । तर नेपालले भने विभिन्न ८ वटा आयोजनाको बिजुली भारतमा बेच्नका लागि अनुमति मागिरहेको छ । भारतले यसअघि २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाको मात्रै बिजुली किन्न अनुमति दिएको थियो । नेपालले भने माथिल्लो तामाकोसी, कालीगण्डकी, मर्स्याङ्दी, मध्यमर्स्याङ्दी, माथिल्लो भोटेकोसी र चमेलिया जलविद्युत् आयोजनाको बिजुली पनि किन्न भारतलाई प्रस्ताव गर्दै आएको छ । गत फागुन दोस्रो साता काठमाडौंमा बसेको नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त संयन्त्र ‘जोइन्ट स्टेयरिङ कमिटी’ (जेएससी) को बैठकका क्रममा नेपालले बिजुली बेच्न प्रस्ताव गरेका अरु आयोजनाको बिजुली किन्नका लागि भारत सहमत भएको थियो । तर अरु आयोजनाको बिजुली आईईएक्स खरिद–बिक्रीका लागि भने हालसम्म अनुमति दिइएको छैन ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu