Connect with us
Kapilvast Forest

१६ सय संगीतकर्मीले बुझे १ करोड ७१ लाख रोयल्टी

२०७९, २६ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं – आफ्नो सिर्जनाको प्रयोगबापत १ हजार ६७१ जना संगीतकर्मीले रोयल्टी बुझेका छन् । संगीत रोयल्टी संकलन समाजको १६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पर्यटनमन्त्री प्रेम आलेले उनीहरुलाई एक करोड ७१ लाख ७२ हजार रुपैयाँ रोयल्टी प्रदान गरे ।

अग्रज संगीतकर्मी दिनेश थपलिया, श्रीपुरुष ढकाल, यादव खरेल, भोजराज घिमिरे, चन्द्र घिमिरे, एसपी कोइराला, दिनेश अधिकारी, विसुकुमार केसी, रुपनारायण भट्टराई, भरत सुवेदी, महेश खड्का र लक्ष्मण शेषले रोयल्टी बुझे ।

 

यातायात, एफएम रेडियो, टेलिभिजन, होटल रेस्टुरेन्ट, सभाहल, मेला महोत्सव, कन्सर्ट र रियालिटी शोबाट उक्त रोयल्टी संकलन भएको थियो । सर्जकले ५ हजारदेखि २ लाख रुपैयाँसम्म रोयल्टी बुझेका छन् ।

रोयल्टी वितरण कार्यक्रममा बोल्दै मन्त्री आलेले संगीतकर्मीलाई सघाउन आफू तयार रहेको बताए । प्रतिलिपि अधिकार नेपाली कला क्षेत्रमा मुख्य चुनौती बनेको भन्दै उनले यसको संरक्षणमा सरकार गम्भीर रहेको बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu