Connect with us
Kapilvast Forest

आज महानवमी, महागौरीको पूजा गरिँदै

२०७६, २० आश्विन सोमबारमा प्रकाशित

काठमाडौं । बडादशैंको महानवमीको दिन आज महागौरीको पूजा गरिँदैछ । नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको नवौं दिन आश्विनशुक्ल नवमी तिथिमा देवी भवानी महागौरीको पूजाआराधना गरिन्छ ।

माता महागौरीलाई सत्य र साँस्कृतिक शुद्धिको प्रतीक मानिन्छ । उनी सबै दुर्गति नाश गरेर जगतमा शान्ति स्थापना गर्न प्रकट भएकी हुन् । माता महागौरी सेतो साढेमा आरुढ भएकी छन् । उनले वदनमा कुनै दाग नभएको शुद्ध सफा सेता वस्त्र धारण गरेकी छन् । माता महागौरीले सदाशिवलाई समेत अनन्त अक्षत आशिर्वाद दिइरहेकी हुन्छिन् । महागौरीलाई पार्वतीको सोह्रवर्षे षोडषी वा अविवाहिताको रुपमा चित्रण गरिएको छ । नवमीका दिन घरघरमा नवकुमारी कुमारिका, त्रिमूर्ति,कल्याणी, रोहिणी, काली,चण्डिका, शाम्भवी, दुर्गा र सुभद्राका रुपमा कन्याहरुको पूजा गरिन्छ । नौ कन्यालाई नवकुमारी मानेर पूजा गर्ने परम्परा छ ।

महानवमीका दिन घरघर स्थापना गरिएका दशैंघर,देशभरका देवीमन्दिर तथा कोटघरमा भव्यपूजाआजा हुन्छ । दुर्गति नाश गर्ने प्रतीकका रुपमा शक्तिपीठहरुमा विधिपूर्वक वलिपूजा तथा सात्विक पूजा गरिन्छ । यस्ता पीठहरुमा राँगा,बोका,भेंडा,कुखुरा,हाँसका भालेको पञ्चवलि पनि दिइन्छ । भने सात्विक पूजा गर्नेले कुभिण्डो केरा काक्रा लगायतका फलफूलको भोग लगाउने चलन छ । शक्ति आर्जनका लागि व्यक्ति वा राज्यशक्तिले समेत महाशक्तिको पूजा गर्ने चलन छ ।

राज्यशक्तिकी माता तलेजु भवानीको यस दिनमा बडो भक्तिपूर्व पूजा गरिन्छ । काठमाडौको हनुमानढोका उत्तरमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एक पटक नवमीका दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।।

काठमाडौ उपत्यकाका नव दुर्गामध्ये गुह्येश्वरी, नक्सालभगवती, कालिकास्थान, मैतीदेवी, भद्रकाली, संकटा, रक्तकाली, शोभाभगवती, दक्षिणकाली र अन्य देवीमन्दिरहरु तलेजुभवानीचामुण्डाभगवती,नरदेवी,विजेश्वरी,बगलामुखीलगायतका मठमन्दिरमा भगवती दुर्गाभवानीको पूजाआजा भइरहेको छ ।

यसै गरी पाथीभरा, दन्तकाली, सिद्धकाली, छिन्ताङभगवती, कंकालिनी, सखडाभगवती, कालिञ्चोकभगवती, पाल्चोक पलाञ्चोक, नालाभगवती, चण्डेश्वरी, जाल्पादेवी, सल्यानकोट भगवती, मनकामना, गोरखकाली, लमजुङकालिका, मौलाकालिका छिम्केश्वरी, विन्ध्यवासिनी, कास्कीकोट, सुपादेराली, उजिरेश्वरी, आलमदेवी गह्रौंकालिका, दुर्लुङकोट,बाग्लुङकालिका, जलजलामाई, त्रिुपुरा सुन्दरी वागीश्वरी, शैलेश्वरी उग्रतारालगायत मुलुकका देवीमन्दिर तथा शक्तिपीठमा भक्तिपूर्व आद्यशक्ति माता भगवतीको पूजाआराधना गरिंदैछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu