Connect with us
Kapilvast Forest

स्मार्ट रिफ्रेस सेन्टर निर्माणमा ढिलासुस्ती, तेस्रो पटक म्याद थप गर्ने कसरत

२०७९, २७ जेष्ठ शुक्रबारमा प्रकाशित

सनिउल्ला धोबी-

कपिलवस्तु- लुम्बिनी प्रदेशका तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले तामझाम सहित चार मन्त्रीले शिलान्यास गरेका स्मार्ट रिफ्रेस सेन्टर निर्माणमा ढिलासुस्ती भएको छ । जिल्लाको चन्द्रौटामा निर्माधिन अवस्थामा रहेको स्मार्ट रिफ्रेस सेन्टर निर्माण गर्ने कम्पनी भिमेश्वर ड्रिलिङ्ग तथा निर्माण सेवाले समयमा काम गर्न नसक्दा ढिलाई भएको हो । दास्रो पटक म्याद थप गर्दा पनि काम गर्न नसेको ठेकेदारले तेस्रो पटक म्याद थप गर्ने कसरतमा रहेको चन्द्रौटाका स्थानिय मुकुन्द पाण्डेले बताउनु भयो ।

२०७६ मंसीर २५ गते शिलान्यास गरिएको स्मार्ट रिफ्रेस सेन्टर २ बर्षमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । दुई बर्षको अवधी सकियो ७ महिना म्याद थप भएपनि समयमा निर्माण कार्य सम्पन्न हुने कुनै छटकाट नदेखीएको चन्द्रौटा निसार धोबीले बताउनु भयो ।

लुम्बिनी प्रदेश भौतिक पुर्वधार तथा विकास मन्त्रालय मताहत खानेपानी तथा सरसफाई विभागले २०७८ मंसीरमा ७ महिनाको म्याद थप गरेको थियो । थपिएको म्याद २०७९ असारमसान्त सम्म मात्र रहेको छ । यस अवधीमा निर्माण कम्पनीले काम गर्न नसक्ने लगभग पक्का भएको छ । रिफ्रेस सेन्टरको पहिलो चरणमा रु ३ करोड ६४ लाखको ठेक्का भएको थियो ।

भिमेश्वर ड्रिलिङ्ग तथा निर्माण सेवाका ठेकेदार सहदेव खडकाले विभिन्न बहान बनाई समयमा काम गर्न नसक्ने बहाना खोजेको पाइन्छ । ठेकेदार सहदेव खडकाले मन्त्रालयको आधिकारी र इन्जीनियरलाई मिलाएर पुनं तेस्रो पदक म्याद थप गर्ने दाउमा रहेका छन । ठेकेदार खडकाले भने “तपाई पत्रकारहरुले कुरै बुझ्नु हुन्न, हामीले काम गरेकै छौ । मन्त्रालयसगँ म्याद थपको विषयमा कुराकानी भैरहेको छ ।”

स्मार्ट रिफ्रेस सेन्टरमा स्मार्ट रेस्ट रुम, शौचालय, सावर रुम, पार्क, पार्किङ्ग स्थल, सिटिङ्ग एरिया, पाथ वे, रोड एरिया, कार वासिङ्ग, चार्जिङ स्टेशन र ड्राइभर रुम लगायतका संरचना निर्माण गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख गरिएको छ ।

उक्त स्मार्ट रिफ्रेस सेन्टर लुम्बिनी प्रदेशका तत्कालिन मुख्यमन्त्री शंकर पोख्रेल, भौतिक पुर्वधार तथा विकास मन्त्री बैजनाथ चौधरी, उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरी, प्रदेश सभा सदस्य अर्जुन कुमार केसी र पुर्व प्रदेश सभा सदस्य दिर्घनारायण पाण्डेले शिलान्यास गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu