Connect with us
Kapilvast Forest

मल ल्याउने प्रक्रिया अघि बढे पनि ल्याउन सकिएन : कृषिमन्त्री यादव

२०७९, ३० जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले सरकारले समयमै रासायनिक मल उपलब्ध गराउन नसकेको स्वीकार गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि उठेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले यस्तो बताएका हुन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले १ लाख ५ हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले १ लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रक्रिया सुरु गरिए पनि समयमै ल्याउन नसकिएको उनले बताए । मल नल्याउने ठेकदारलाई कारबाही सुरु गरिएको पनि मन्त्री यादवको भनाइ छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu