अब शनिबार मात्र सार्वजनिक विदा, कार्यालय समय पनि हेरफेर
काठमाडौं-सरकारले भोलि असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको छ। गत जेष्ठ १ भएको नयाँ व्यवस्थालाई खारेज गदै भोलिबाट नयाँ कार्यालय समय निर्धारण गर्ने भएको हो ।
गत जेष्ठ १ गतेदेखि सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक विदा दिने व्यवस्था गरेको थियो ।
तर आईतबारको विदा खारेज भएसँगै गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको हो।
जस अनुसार नेपाल राज्यभरका सवै सरकारी कार्यालयहरुमा आतबारदेखि बिहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विहान १०:०० देखि अपरान्ह ५:०० बजेसम्म हुने छ।
कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म हुने छ। शुक्रबारको दिन कार्यालय समय बिहान १०:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म हुनेछ।