Connect with us
Kapilvast Forest

विराटनगरको सडक नालीमा युवकको शव भेटियो

२०७९, १५ असार बुधबारमा प्रकाशित

विराटनगरको नालीमा पुरुषको शव फेला परेको छ । विराटनगर महानगरपालिका-६ सरोचियास्थित नालीमा मङ्गलबार राति विराटनगर-५ का ३० वर्षीय सन्तोष मण्डलको शव फेला परेको हो ।

सडक किनारको नालीमा राति ११:२५ बजेतिर शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

घटनास्थलनजिक एउटा साइकल पनि लडेको अवस्थामा फेला परेको उनले बताए । रातको समयमा साइकलमा यात्रा गर्ने क्रममा नालीमा लडेपछि उठ्न नसकेर मण्डलको मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ ।

शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान थालिएको उनले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu