Connect with us
Kapilvast Forest

सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध

२०७९, १५ असार बुधबारमा प्रकाशित

दुई दिनदेखि परेको लगातारको वर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध भएको छ।
यो सडकखण्डको आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि बुधबार बिहानैदेखि आवागमन अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

प्रहरीका अनुसार सिद्धबाबादेखिनै आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि सवारीसाधनको आवतजावत बन्द भएको हो।
माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट ढुङ्गा र लेदोसहितको पानीको छहरो झरेको छ। सिद्धार्थ राजमार्गकै पानी मिल, हिउँदे खोला, कालिमाटी, चर्चरे, चौबिस माईल, गौंडेपुल लगायतका क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

मंगलबार रातिदेखि परेको वर्षा दिउँसो केहिबेर रोकिए पनि रातिदेखि फेरि ठूलो वर्षा भइरहेको छ। पानी परिरहेकोले पहिरो गएको स्थानमा जान नसकेको प्रहरीले जनाएको छ ।

यस्तै पाल्पाको रैनादेवी छहरा गाउँपालिका नजिकै पहिरो झर्दा एउटा पसल भत्किएको छ। वडा नम्बर ४ स्थित गाउँपालिका भवन अगाडि पहिरो जाँदा स्थानीय मंगल हिताङको पसल भत्किएको वडा नम्बर ३ का अध्यक्ष प्रदीप पौडेलले जानकारी दिए।

पौडेलका अनुसार पहिरोले मानवीय क्षति नभए पनि पसल पूर्ण रूपमा क्षति भएको छ।

वडा अध्यक्ष पौडेलका अनुसार पहिरोले गाउँपालिका भवन समेत जोखिममा परेको छ। गाउँपालिका भवन जोखिममा परेकोले तत्काल संरक्षण नगरिए ठूलो क्षति हुनसक्ने उनले बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu