Connect with us
Kapilvast Forest

जसपा विवाद : बाबुराम भट्टराई पक्ष छुट्टै बैठकको तयारीमा

२०७९, १७ असार शुक्रबारमा प्रकाशित

baburam bhatrai ncn

जनता समाजवादी पार्टी नेपालमा देखिएको विवादबारे समीक्षा गर्न सो पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले आन्तरिक छलफल गरिरहेको छ । पार्टीभित्र अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. भट्टराई पक्षले आ–आफ्नो रणनीति बनाइरहेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले असार २७ र २८ गते केन्द्रीय समितिको बैठक बोलाएका छन् । वीरगञ्जमा हुने बैठकको तयारीका लागि अध्यक्ष यादव पक्ष अनौपचारिक छलफल गरिरहेको छ ।

अध्यक्ष उपेन्द्र यादवले डा. भट्टराई पक्षलाई बैठकबारे जानकारी नै नगराएको बताइन्छ । आफूहरुसँग कुनै सल्लाह नै नगरिएको भन्दै भट्टराई पक्षले विकल्पको खोजीमा आन्तरिक छलफल थालेको हो ।

भट्टराई निकट मानिएका कार्यकारिणी समिति सदस्य प्रशान्त सिंहले पार्टीमा देखिएको आन्तरिक द्वन्द्वको विषयमा आफूहरु अनौपचारिक छलफलमा रहेको बताए । उनले भने, ‘यो कुनै औपचारिक छलफल होइन, साथीहरु एक ठाउँमा बसेर छलफल गरिरहका छन् । हिजो जसरी पार्टीमा घटनाक्रमको विकास भयो, त्यसले हामीलाई गम्भीर बनाएको छ, अब के गर्ने भन्ने विषयमा साथीहरुको बीचमा छलफल गरिरहेका छौं ।’

बुधबार पार्टी अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष भट्टराईबीच छलफल भएको थियो । सो छलफलमा केन्द्रीय समितिको बैठक बस्नेबारे चर्चा नै नभएको भट्टराई पक्षका नेताको दाबी छ । तर बिहीबार असार २७ र २८ गते केन्द्रीय समितिको बैठक वीरगञ्जमा बस्ने निर्णय आएपछि आफूहरुलाई आश्चर्यचकित बनाएको भट्टराई निकट नेताहरु बताउँछन् ।

सोमबार बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठकको बारेमा पनि आफूहरुलाई जानकारी नगराएको उनीहरुको गुनासो छ । ‘बैठक आइतबार पनि बसेको थियो, सोमबार पनि बस्यो तर त्यसको बारेमा पनि हामीलाई जानकारी गराइएन,’ भट्टराई निकट एक नेताले भने, ‘असार २७ र २८ गते बैठक बस्दैछ भन्ने कुरा बुधबार भट्टराईसँग भएको छलफलमा पनि राख्दा पनि हुन्थ्यो तर सुइँको नदिइ एकाएक साँझमा केन्द्रीय समितिको बैठक बोलाइएको भनि जानकारी आयो ।

यस्तै प्रवृतिका कारण विगतदेखि पार्टीमा विवाद हुँदै आएको ती नेताको भनाइ छ । उनले भने, ‘विवादको मुख्य जड नै उपेन्द्र यादवको एकलौटी प्रवृत्ति हो ।उपेन्द्र यादव पक्षले असार २७–२८ गते बैठक बोलाइसकेपछि सो बैठकमा जाने कि नजाने भन्ने विषयमा भट्टराई पक्षले निर्णय गर्दैछ । भट्टराई पक्षले छुट्टै बैठक बोलाउन सक्ने सो पक्षका एक नेताले रातोपाटीलाई बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu