Connect with us
Kapilvast Forest

चुनावमा अन्तर्घात गरेको भन्दै जसपाले पार्टीबाट निकाल्यो प्रदेश सांसद यादवलाई

२०७९, २० असार सोमबारमा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) ले मधेश प्रदेशका एक जना सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।
प्रदेश सभा सदस्य कौशलकुमार यादवलाई महोत्तरी पार्टी कार्यसम्पादन समिति बैठकले पार्टीबाट निकाल्ने निर्णय गरेको हो।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ को (क) बाट उनी प्रदेश सभा सदस्य भएका थिए।आइतबार बसेको कार्यसम्पादन समिति बैठकले स्थानीय चुनावमा अन्तर्घात गरेको आरोपसहित प्रदेश सभा सदस्यलाई निष्कासन गरेको हो।

यस्तै संघीय शिक्षक फोरमका अध्यक्षसमेत रहेका कौशलकुमार यादवलाई पनि पार्टीबाट निष्कासन गरिएको जसपाले जनाएको छ।उनीहरू दुवैजना महोत्तरीका हुन्। महोत्तरी जसपा अध्यक्ष रामप्रकाश यादवले उनीहरू दुवैलाई पार्टीबाट निकालिएको भन्दै विज्ञप्ति जारी गरेका छन्।प्रदेश सदस्य यादव र जसपा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवबीच सम्बन्ध सुमधुर थिएन। प्रदेश सदस्य यादवले मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu