Connect with us
Kapilvast Forest

कपिलवस्तुमा विगत १२ बर्ष देखी सराय नाच

२०७६, २४ आश्विन शुक्रबारमा प्रकाशित

  •  सनिउल्ला धोबी, कपिलवस्तु असोज २४,

पहाडी जिल्लाहरुमा खेलिने सराय नाच पछिल्लो समयमा तराईका जिल्लाहरुमा पनि खेलिन थालिएको छ । विभिन्न समुदायको वसोवास रहेको कपिलवस्तुमा सामाजिक सदभाव र भाईचाराको सम्वन्ध स्थापित गर्नको लागी विगत १२ बर्ष देखी सराय खेल्दै आइएको छ ।विभिन्न समुदायको वसोवास रहेको कपिलवस्तुमा सामाजिक सदभाव र भाईचाराको सम्वन्ध स्थापित गर्नको लागी सराय खेल्न सुरु गरिएको छ । 

हात हतियार पञ्चेबाजासहित खुकुरी, तरबार र खुडा नचाई एकापसमा जोडिएर ‘बाखै हो’ भन्दै सराय नाच नाच्ने गरिन्छ । पहाडी जिल्लाहरुमा खेलिने सराय नाच पछिल्ला केहि वर्ष देखी तराईका जिल्लाहरु पनि खेल्ने गरिन्छ । कपिलवस्तुको चन्द्रौटामा एक दशक देखी विजया दशमीको त्रियादशिको दिन सराय नाच नाच्ने गरिन्छ । विभिन्न जिल्लाबाट बसाइसरी आएकाहरुले चन्द्रौटा क्षेत्रमा पनि पहाडी जिल्लामा जस्तै दशैंको बेला नाच्ने सराय जात्राले धार्मिक सद्भाव कायम गर्न महत्वपुर्ण भुमिका खेल्ने गरेको स्थनिय अगुवा सरोज पौडेलले
बताउनु भयो ।

 पर्वको अवसरमा चन्द्रौटामा गरिने सराय जात्राले यस क्षेत्रमा बसोबास गर्ने समुदायहरुमा भाइचाराको सम्बन्ध स्थापित हुने विश्वास लिइ दुर्गा मन्दिर संरक्षण समिति अध्यक्ष तारा पौडेलले बताए ।

दुर्गा मन्दिरबाट निकालिएको सराय चन्द्रौटा बजार परिक्रमा गर्दै कृष्णनगर रोडमा रहेको कर्णेश्वरी मन्दिरमा पुगि त्यहाँबाट फुलपाती लिएर पुनः बजार परिक्रमा गर्दैे जवाई नदीमा फुलपाती सेलाउने र घटस्थापनाको दिन स्थापना गरिएको देवता दुर्गा मन्दिरमा भित्र्याइने विधि पुर्वक सराय नाच समापन गरिएको छ ।

·

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu