Connect with us
Kapilvast Forest

हावाले मकै ढाल्यो: किसानको पीर बढ्यो

२०७९, २३ असार बिहीबारमा प्रकाशित

कालीकोट- कालीकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका वडा न. ७, ८ र ९ मा हावाहुरीले मकैबाली ढालेको छ । गएराति चलेको ठूलो हावाहुरीका कारण किसानले लगाएको मकैबारी पूरै ढालेर सोतर बनाएको छ । समयमा पानी नपर्दा बाली लाउन नपाएर छट्पटिरहेका किसानका लागि फेरि अर्को बज्रपात आइलागेको छ ।

पसाउनै लागेका मकै हावाले ढालेपछि किसानलाई पीरमाथि अर्को पीर थपिएको छ । शान्नीत्रिवेणी ८ का अरुण केसीले हामी किसानका दुःख बुज्ने सरकार त थिएन तर प्राकृतिक विपत्तिले पनि किसानमाथि अन्याय गरेको गुनासो गर्नुभयो । हिउँदको बाली असिना र वर्षाको हावाहुरीले लिने गरेको भन्दै स्थानीय सरकारले बाली बीमा कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो ।

सबैभन्दा बढी मकै उत्पादन हुने साविकको मुम्र्रा गाउँविकास समितिमा किसानले लगाएको मकै हावाले ढालेको छ । हावाले एकनासले ढालेको मकैको बोट उभ्याउन पनि मिल्दैन । त्यसलाई समाउने बित्तिकै भाँचिने भएकाले किसानले गाईवस्तुलाई घाँसका रुपमा प्रयोग गर्नुबाहेक अरु कुनै विकल्प छैन ।

गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले स्थलगत अनुगमन गरेर तथ्याङ्क सङ्कलन गरी राहतका लागि सङ्घीय तथा प्रदेश सरकारलाई अनुरोध गर्ने प्रतिक्रिया दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu