Connect with us
Kapilvast Forest

यातायात कार्यालय सुर्खेतमा मन्त्रीको छड्के अनुगमन

२०७९, २३ असार बिहीबारमा प्रकाशित

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदम बहादुर रोकायाले यातायात कार्यालय सुर्खेतमा छड्के अनुगमन गरेका छन् । बिहीबार उनले यातायात कार्यालयको अवस्था र सेवाग्राहीले भोग्नुपरेको समस्याबारे जानकारी लिएका हुन् ।

अनुगमनका क्रममा यातायात कार्यालयमा कर्मचारीहरुको लापरबाही देखिएको मन्त्री रोकायाले बताए । दुई जना कर्मचारी आफूखुसी विदामा बसेको, केही फाँटहरूमा कर्मचारी नै नभेटिएको र कर्मचारी सरकारी पोसाकमा उपस्थित नभएको उनले बताए । साथै कर्मचारीहरुले आफ्नो परिचयपत्र समेत नलगाउने गरेको मन्त्री रोकायाले बताए ।

मन्त्री रोकायाले कर्मचारीलाई लापरबाही नगरेर चुस्त र सहज रुपमा सेवा प्रदान गर्न निर्देशन समेत दिए । यातायात व्यवस्था कार्यालयमा प्रमुख आनन्द चपाइँले सेवाग्राहीको चाप अत्याधिक हुने गरेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu