Connect with us
Kapilvast Forest

प्रतिनिधि सभाको बैठकका यस्ता छन् कार्यसूची

२०७९, २७ असार सोमबारमा प्रकाशित

काठमाडौं, असार २७ । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे सुरू हुनेछ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची छ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको रेल्वे विधेयक, २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, रेल्वे विधेयक, २०७९ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रश्तुत गर्ने, राष्ट्रिय सभामा उत्पत्ति भएको रेल्वे विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले राष्ट्रिय सभामा उत्पत्ति भएको औषधि, (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत हुने छ ।

यस्तै औषधि, (तेस्रो संशोधन) विधेयक, २०७९ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रश्तुत गर्ने, राष्ट्रिय सभामा उत्पत्ति भएको औषधि, (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, राष्ट्रिय सभामा उत्पत्ति भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रश्तुत गर्ने, राष्ट्रिय सभामा उत्पत्ति भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu