Connect with us
Kapilvast Forest

सुदूरपश्चिम धनगढीमा विद्यार्थी लक्षित बैंकिङ शिक्षा कार्यक्रम सञ्चालन

२०७९, २७ असार सोमबारमा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको सुदूरपश्चिम एकेडेमीका विद्यार्थीहरुलाई बैंक तथा वित्तीय संस्था र डिजिटल बैंकिङबारे जानकारी गराइएको छ । बैंकिङ शिक्षा कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई लक्षित गरी साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी निर्देशक राकेश प्रजापतिले बैंक तथा वित्तीय संस्थाहरुले दिने सेवा, डिजिटल बैंकिङ र त्यसको प्रयोगबारे सहभागीहरुलाई जानकारी गराउनु भयो । प्रजापतिले अन्य प्रदेशको तुलनामा डिजिटल बैंकिङको प्रयोगकर्ता कम रहेको भन्दै यसको प्रयोगमा जोड दिनु पर्ने बताए ।

कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले वित्तीय साक्षरता समाजका सबै तह र तप्काका मानिसलाई आवश्यक रहेको भन्दै विद्यार्थीहरुलाई बैंक खाता खोल्न र बचत संस्कारको सुरुवात गर्न प्रोत्साहन गर्नु भयो ।

नबिल बैंक धनगढी शाखा प्रबन्धक तेज भट्टले बैंक तथा वित्तीय संस्थाले दिने सेवा, सुविधाबारे जानकारी गर्नु भयो । उनले वित्तीय रुपमा साक्षर हुँदाका अनेकौं फाइदा रहेको भन्दै सानै उमेरदेखि यसबारे जानकारी लिन आग्रह गर्नु भयो।

प्रदेश प्रहरी कार्यालयका डीएसपी जगदीश डाँगा र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक खगेन्द्र साउदले वित्तीय कारोबार तथा डिजिटल बैंकिङ कारोबारबारे जोखिम पनि हुने भएकोले सचेत भएर प्रयोग गर्न आग्रह अथवा जानकारी गर्नु भयो ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला राना, कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले बिद्यार्थीहरुले वित्तीय साक्षरताका लागि अध्ययनमात्र गरेर नहुने भन्दै यसको व्यवहारिक प्रयोगमा जोड दिनु पर्ने बताए।
कार्यक्रममा करिब ३ सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu