Connect with us
Kapilvast Forest

बाबुराम र हिसिला सहित नौजना जसपाबाट निष्कासित

२०७९, ३० असार बिहीबारमा प्रकाशित


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव समूहले संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई कारबाही गरेको छ ।

अध्यक्ष यादव समूहले अर्का अध्यक्ष भट्टराईसहित ९ जना केन्द्रीय नेतालाई पार्टीबाट पदमुक्त गरेको हो । वीरगञ्जमा बसेको पार्टीको बैठकबाट भट्टराई समूहलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

जसपा कार्यकारिणी सदस्य प्रकाश अधिकारीका अनुसार संघीय परिषद् अध्यक्ष भट्टराई, कार्यकारिणी सदस्यहरू महिन्द्र यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा शोव, रमेश यादव, भक्तबहादुर साह र मानबहादुर चौधरी पदमुक्त भएका हुन्