प्रचण्डले चिनियाँ राष्ट्रपति सीसँग गरे ‘वान टू वान’ भेटवार्ता
काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
दुई नेताबीचको भेट ‘वान टू वान’ भएको बताइएको छ। सो भेटवार्तापछि सीले प्रचण्डसहितको उपस्थितिमा नेकपा पार्टी सचिवालयका सदस्यहरुसँग सामूहिक भेट गरेका थिए।
सचिवालयका सदस्यहरुसहिकोत सामूहिक भेट्नुअघि बिहान साढे १० बजे प्रचण्डले सीसँग ‘वान टू वान’ भेट गरेका हुन्।
उक्त भेटपछि दुई देशबीचको द्विपक्षीय वार्ता होटेल सोल्टीमा सुरु भएको छ।