एसपीपी स्वीकार नगर्ने पत्र पठाउन : रुलिङको माग
काठमाडौं- सत्तारुढ नेकपा माओवादी केन्द्रले अमेरिकी स्टेट पार्टनरसीप (एसपीपी) स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग गरेका छन् ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एसपीपीमा सहभागी नहुने भनेर तत्काल पत्रचार गर्न नसकिने परराष्ट्र मन्त्रालयका प्रवक्ताको अभिव्यक्तिमा प्रश्न उठाए थिए ।
उनले भने यो मन्त्रिपरिषद्को निर्णय विपरीत भयो । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने दायित्व मन्त्रालयहरुको हो तर परराष्ट्रले कार्यान्वयन नगरेको पनि छ ।
उनले एसपीपीमा सहभागी नहुने भनेर पत्रचार गर्न संसदले रुलिङ गर्न माग गरे । नेपालले एसपीपी स्वीकार नगर्ने भनेपछि त्यही विषय राखेर अर्को नाममा सम्झौता गर्न खोजेको उनको आशंका रहेको छ ।
माओवादी प्रमुख सचेतक गुरुङले भने भने जसरी भएपनि नेपाललाई आईपीएसको पार्ट बनाउने र सैन्य सम्झौतामा लैजाने तयारी चलिरहेको देखिन्छ । सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ ।