Connect with us
Kapilvast Forest

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

२०७९, ५ श्रावण बिहीबारमा प्रकाशित

सुर्खेत- कर्णाली राजमार्ग अन्तर्गत कालीकोट सडक खण्ड अवरुद्ध भएको छ ।कालीकोटको खाँडाचक्र नगरपालिका–७ पिलिस्थित कर्णाली राजमार्गको सडकमा बिहीबार दिउँसो साढे १ बजे पहिरो खसेपछि राजमार्ग अबरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले बताएको छ ।

पहिरोले सडक अबरुद्ध हुँदा सवारी साधन जममा परेका छन् । कर्णाली राजमार्ग हुँदै यात्रा गरिरहेका सार्वसाधारण अलपत्र अवस्थामा रहेका छन् । अस्थायी पोष्ट पिलीबाट खटिएको प्रहरी टोलीले स्थानीय तहसँग समन्वय गरी एक्साभेटर लगाएर सडक खुलाउने काम गरिरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी हिराबहादुर पाण्डेले जानकारी दिनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu