Connect with us
Kapilvast Forest

नयाँ हवाई प्रवेश बिन्दु उपलब्ध गराउन भारतलाई प्रस्ताव

२०७९, ६ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।
मन्त्रालयमा शुक्रबार भएको भेटमा उनीहरुबीच दुई देशबीच रहिआएको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको मन्त्री श्रेष्ठको सचिवालयले जानकारी गराएको छ ।

त्यसक्रममा मन्त्री श्रेष्ठले राजदूत श्रीवास्तवको कार्यकालमा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याउन सफल हुने विश्वास व्यक्त गरे । नेपाल र भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहिआएको चर्चा गर्दै मन्त्री श्रेष्ठले दुबै देशबीच सहकार्यमा धेरै सम्भावनाहरू रहेको जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठले गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्ण क्षमतामा संचालनका लागि नयाँ हवाई प्रवेश विन्दु उपलब्ध गराउन राजदूत श्रीवास्तवसँग प्रस्ताव समेत गरेका छन् ।

नयाँ हवाई प्रवेश विन्दु उपलब्ध भएमा उडान खर्च र समय घट्नुका साथै हवाई ट्राफिक जामको समस्या समाधान हुने मन्त्री श्रेष्ठको भनाइ छ । राजदूत श्रीवास्तवले नयाँ हवाई प्रवेश विन्दुको विषयमा छिट्टै निर्णयमा पुग्ने विश्वास दिलाउनु भयो ।

उनीहरुबीच रामायण सर्किट सम्वन्धी पुर्वाधार निर्माण, भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माणमा भारतीय सहयोगमा संचालित परियोजनाको अवस्था कोरोना भाइरस महामारीपछि पर्यटन क्षेत्रको पुनरउत्थान लगायतका विषयमा छलफल भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu