Connect with us
Kapilvast Forest

स्थानीयबासीको उजुरी पछि पुल निर्माण रोकियो

२०७९, ७ श्रावण शनिबारमा प्रकाशित

म्याग्दीमा निर्माणधिन पक्की पुलमा ठेकेदारले लापरबाही गरेको आरोप लगाउँदै स्थानीयले अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा उजुरी गरेपछि पुल निर्माण रोकिएको छ ।

बेनी नगरपालिका ४ सिंगा देखि मंगला गाउँपालिका ३ बरंजालाई जोड्ने गरी म्याग्दीखोलामा तिनवर्ष अघि निर्माण थालिएको उक्त पुलको ढलानमा ठेकेदारले लापरबाही गरेको भन्दै स्थानीय केही व्यक्तिले अख्तियारमा उजुरी गरेका हुन ।

पुल निर्माण करिब अन्तिमचरणमा पुगेका बेला गरिएको उजुरीका कारण ठेकेदार कम्पनीले भुक्तानी समेत पाउन सकेको छैन । उजुरी परेपछि विगत ४ महिना देखि पुलको काम ठप्प भएको छ ।

सडक डिभिजन कार्यालय बागलुङले म्याग्दीखोला माथि एकसय ५ मिटर लामो ३ स्पाम भएको पक्की पुल निर्माणका लागि कुल लागत १० करोड ७२ लाख १२ हजार रुपियाँमा लुम्बिनी प्राकृतिक जेभीसँग २०७७ जेठ २५ मा सक्ने गरी २०७५ जेठ २५ मा ठेक्का सम्भौता गरेको थियो ।

स्ल्याप ढलान गर्दा पुलको छेउतिरको थोरै भाग दब्बीएका कारण स्थानीयले गत चैतमा अख्तियारमा मुद्धा हालेका कारण निर्माण कार्य रोकिएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

पुलको रेलिङको भागतिर थोरै मात्र दब्बीएको हो सडक डिभिजन कार्यालय बागलुङका ओभरसियर टोपबहादुर थापाले भन्नुभयो दबिएका कारण पुललाई कुनै असर पर्ने देखिदैन । तर स्थानीयले मुद्धा हालेपछि हाललाई निर्माण कार्य रोकिएको छ । मुद्धाका कारण ठेकेदारलाई कार्यालयले गर्नुपर्ने भुक्तानी पनि रोकिएको छ ।

मुद्धा परेकाले छिनोफानो नभएसम्म ठेकेदारलाई भुक्तानी पनि रोकिएको कार्यालयले जनाएको छ । पुलको मुख्य संरचना निर्माण कार्यसकिएको र रेलिङ बनाउने,पुलसम्म जाने सडक निर्माण लगायत फिनिसिङको मात्र काम बाँकी रहेको सडक डिभिजन कार्यालयमा कार्यरत ओभरसियर थापाले बताउनुभयो ।

मुद्धा नपरेको भए असार मसान्तसम्म पुल निर्माण कार्य सकिन्थ्यो उहाँले भन्नुभयो अहिले एकवर्षलाई पुन म्याद थपिएको भएतापनि मुद्धाको किनार लगाएपछि एकदुई महिना भित्र निर्माण सम्पन्न हुन्छ ।

निर्माण व्यायवसायी सँग व्यक्तिगत रिसिवीका कारण स्थानीय केही व्यक्तिले अख्तियारमा उजुरी दिएको हुनसक्ने बेनी नगरपालिका ४ का वडाध्यक्ष अणबहादुर खड्काले बताउनुभयो ।

ठेक्का सम्झौता लगत्तै निर्माण व्यवसायीले पुल निर्माणलाई तिव्रता दिएका थिए उहाँले भन्नुभयो विकास निर्माणमा अवरोध सिर्जना गर्ने केही व्यक्तिका कारण अहिले पुलको काम प्रभावित बनेको छ ।

हाल पुलको ८० प्रतिशत भौतिक प्रगति भएको छ । कोरोना महामारीका समयमा पनि निर्माण नरोकी योजनालाई तिव्रता दिएका कारण पुल निर्माण सन्तोषजनक रुपमा अगाडी बढेको कार्यालयको भनाई छ ।

यसैगरी सव डिभिजन कार्यालय बागलुङले नै मंगला गाउँपालिकाको केन्द्र बावियाचौर देखि वडा नम्बर ५ अर्मनलाई गाउँपालिका केन्द्र सँग जोड्न म्याग्दीखोलामा निर्माधिन पुलको ८५ प्रतिशत भौतिक प्रगति भएको छ ।

सिंगा र यो पुलको निर्माण गर्ने ठेकेदार कम्पनी एउटै हो । पुलको मुख्य संरचना निर्माण कार्य सकिएको छ ओभरसियर किरण सुवेदीले भन्नुभयो ‘पुल सम्म जाने सडक,रेलिङ र पेन्टीङको काम वाँकी छ । जहाँ सम्म दशैं अघि निर्माण सम्पन्न हुन्छ ।

पुलको कुल लागत ११ करोड २४ लाख २५ हजार ५२ रुपियाँ छ । यो पुलको पनि दुई वर्षमा सक्ने गरी २०७५ पुस २५ गते लुम्बीनी प्राकृतिक जेभी सँगै ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

यो पुलको लम्बाई ८० मिटर लामो छ । दुवै सथानका पक्की पुल निर्माण भएपछि मंगला गाउँपालिकाका ३ बरंजा र ५ नम्बर वडाका सर्वसाधारणहरुलाई आवतजावत गर्न निकै सहज हुने विश्वास गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu