Connect with us
Kapilvast Forest

अछाममा पहिरो, एकै परिवारका ३ जनाको मृत्यु

२०७९, ९ श्रावण सोमबारमा प्रकाशित

अछाम -अछामको तुर्माखाँद गाउँपालिका-२ भुलुमा पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ ।

स्थानीय पदम सिंह विष्टको घर पुरिंदा उहाँका परिवारका सदस्यहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । एकै परिवारका तीन जनाको मृत्यु भएको पुष्टि गरे पनि मृतकको परिचय खुल्न बाँकी रहेको जनाएको छ ।

पहिरोमा पुरिएर एक जना घाइते भएका छन् । उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ ।

गएराति १ बजेतिर पहिरो खसेको थियो । ओछ्यानमा सुतिरहेकाहरु पहिरोमा पुरिएका थिए । घटनाको थप विवरण आउन बाँकी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu