Connect with us
Kapilvast Forest

नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेस हुँदै

२०७९, ९ श्रावण सोमबारमा प्रकाशित

काठमाडौँ – सरकारले नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेस गर्ने भएको छ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागररकता (पहिलो संशोधिन) विधेयक, २०७९’ लाई सभा समक्ष टेबुल गर्ने सम्भावित कार्यसूची सार्वजनिक भएको छ।

सो विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेको छ । राष्ट्रिय सभाबाट पारित भए राष्ट्रपति कहाँ पठाइनेछ । प्रमाणीकरण भएमा ऐनकोरुपमा कार्यान्वयनमा आउनेछ।

त्यस्तै आजको बैठकमा राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्रतिनिधि सभामा पठाइएका ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक
२०७६’ र ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभालाई गराइनेछ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu