Connect with us
Kapilvast Forest

देशभर मनसुन सक्रिय , भाेलि पनि वर्षाकाे सम्भावना

२०७९, ९ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं – सोमबार मनसुनी प्रणाली सक्रिय हुने भएकाले देशैभर बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर भएपनि मनसुनी प्रणाली सक्रिय हुने महाशाखाले जनाएको छ ।

सोमबार देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, बाग्गमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मंगलबार देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र लुम्बिनी प्रदेशका तराई भूभागका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu