Connect with us
Kapilvast Forest

उद्योगमा अर्बौंको लगानी

२०७९, १० श्रावण मंगलवारमा प्रकाशित

घोराही- दाङमा एक वर्षको अवधिमा घरेलु तथा साना उद्योगमा साढे तीन अर्ब लगानी थपिएको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा तीन अर्ब ५२ करोड ९३ लाख लगानी थपिएको हो । यो घरेलु तथा साना उद्योग कार्यालय दाङमा एक वर्षको अवधिमा दर्ता भएका घरेलु तथा साना उद्योगको लगानी हो ।

लगानीसँगै उद्यमीको सङ्ख्या पनि थप भएको छ । एक वर्षको अवधिमा एक हजार ८७१ जना उद्यमी थपिएका छन् । थपिएका उद्यमीमा एक हजार १८९ जना महिला र ६९९ पुरुष उद्यमी छन् ।

आर्थिक वर्ष २०७७/७८ मा दुई हजार ४१८ जना थपिएका थिए । आर्थिक वर्ष २०७८/७९ मा छ हजार ४२ जनाले रोजगार प्राप्त गरेको निमित्त प्रमुख उमबहादुर वलीले जानकारी दिनुभयो ।

दर्ता भएका सबै प्रकारका उद्योगले एक अर्ब ८० करोड ६३ लाख बराबरको स्थिर पुँजी रहेको छ भने एक अर्ब ७२ करोड ९३ लाख ११ हजार बराबरको चालू पुँजी रहेको छ ।

कार्यालयमा नवीकरण गर्नेको सङ्ख्या पनि घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा उद्योगतर्फ एक हजार १५ र वाणिज्यतर्फ दुई हजार १२६ व्यवसाय नवीकरण भएकामा चालू वर्ष २०७८/७९ मा उद्योगतर्फ ७३८ वटा र वाणिज्यतर्फ ७६० वटा व्यवसाय नवीकरण भएको कार्यालय दाङका निमित्त प्रमुख वलीले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu