Connect with us
Kapilvast Forest

बैतडी अस्पतालमा जटिल शल्यक्रिया सेवा

२०७९, १० श्रावण मंगलवारमा प्रकाशित

बैतडी- अस्पतालमा शल्यक्रियासहितको उपचार सेवा सुरु भएको छ। छात्रवृत्ति करारका चिकित्सकले बैतडी अपस्तालमा पहिलो पटक एपेन्डिसाइटको शल्यक्रिया गरेर जिल्लामै गुणस्तरीय स्वास्थ्य सेवा सुरु गर्नुभएको छ ।

जिल्ला अस्पताल बैतडीमा अहिले एक एमडीजीपी चिकित्सकसहित नौ चिकित्सकले गुणस्तरीय स्वास्थ्य सेवा दिन थालेको अस्पताल प्रमुख डा. दिपेश श्रेष्ठले जानकारी दिनुभयो ।

बैतडी अस्पतालमा अक्सिजन प्लान्ट जडान भई एक घण्टामा छवटा अक्सिजन सिलिन्डर भर्न सकिन भएपछि एफएनसीओ नवजात शिशुलाई २८ दिनसम्म राख्न सकिने सेवा सुरु भएको छ।

बैतडी अस्पताल स्थापना भएको करिब ४० वर्षपछि पहिलो पटक विशेषज्ञसहित नौ चिकित्सक पाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताएका छन् ।

अध्यक्ष भट्टले भन्नुभयो बैतडीमा डाक्टर आउनै नमान्ने समस्या थियो। यो पटक सङ्घीय सरकार र प्रदेश सरकारले बैतडीवासीको आवाज सुनेर चिकित्सक पठाएको छ।

उहाँले उपचार गर्न अब महँगो शुल्क तिरेर भारतको पिथौरागढ र नेपालका अन्य सहर जानुपर्ने बाध्यता हटेको बताउनुभयो।एपेन्डिसाइटिस भएर बैतडी अस्पताल ल्याइएकी पुरचौडी नगरपालिका–१० की बिरामीको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको हो ।

एपेन्डिसाइटिसको समयमै उपचार नपाए मानिसको ज्यान जान सक्ने भएकाले रोगको लक्षण देखिने बित्तिकै शल्यक्रिया गर्नुपर्ने अस्पताल प्रमुख डा. दिपेश श्रेष्ठले जानकारी गर्नु भएको छ ।

जिल्ला अस्पताल बैतडीमा अहिले शल्यक्रिया गरेर हर्निया एपेन्डिसाइटिस र प्रसूति सेवा सुरु भएको छ। बैतडी अस्पतालमा दन्तरोग विशेषज्ञबाट दाँतसम्बन्धी उपचार सेवासमेत सुरु भएको जनाइएको छ।

डा. श्रेष्ठका अनुसार जिल्ला अस्पताल बैतडीमा अहिले २४ घण्टा इमर्जेन्सी सेवा, जनरल ल्याब सेवा, कोभिडका लागि पीसीआर ल्याब, सामाजिक सेवा एकाइ, सङ्कट व्यवस्थापन एकाइ र ओपीडी सेवा नियमित सञ्चालन भएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu