Connect with us
Kapilvast Forest

दाउन्नेमा बस पल्टिँदा आगाे लाग्याे, २१ जना घाइते

२०७९, ११ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं । नवलपरासी पूर्व (नवलपुर) काे विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा बस दुर्घटना भएको छ ।

आज बिहान साढे ५ बजेको समयमा पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ़ आउँदै गरेको ना ५ ख ५१०० नम्बरको बस अनियन्त्रित भई पल्टिँदा कम्तिमा २१ जना घाइते भएका छन् ।

गाडी पल्टिँदा भएकाे घर्षणपछि गाडीमा आगाे लागेकाे अनुमान प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बसमा सवार २१ जना घाइतेहरुको अहिले मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu