Connect with us
Kapilvast Forest

कैलास मानसरोवर सडकमा पहिरो खस्दा नेपाली मजदुरको मृत्यु

२०७९, ११ श्रावण बुधबारमा प्रकाशित

बैतडी- भारत सरकारले धारचुला हुँदै निर्माण गरिरहेको कैलास मानसरोवर सडक खण्डमा पहिरो खस्दा एक जना नेपाली मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाईने भएका छन् ।

मङ्गलबार अपरान्ह ४ बजे कैलास मानसरोवर सडक खण्डको धारचुला स्थित लामारी–पेलसिती झरना नजिकैको पहाड भासिएर पहिरो खस्दा सडकमा काम गरिरहेका डडेल्धुरा घर भएका मजदुर ४५ वर्षीय नरबहादुर रोकाको मृत्यु भएको हो ।

घटना परि ३८ वर्षीय पदमसिंह कुँवर गम्भीर घाईते भएका छन् । कुँवरको धारचुला सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । भारतको पिथौरागढ जिल्लाबाट करिब १५० किलो मिटर दूरीमा धारचुला हुँदै भारतले कैलास मानसरोबर सडक निर्माण गरिरहेको छ ।

गर्ग एण्ड गर्ग कम्पनीले सडक चौडा गरेर कालोपत्रे गर्ने काम गरिरहेको छ । कम्पनीले नेपाली मजदुरलाई काममा लगाएर सडक कालोपत्रे गर्दै आईरहेको भारतीय सञ्चारकर्मी राजेश पंगरियाले जानकारी दिनुभयो ।

पहिरोमा परि मृत्यु भएका नरबहादुर रोकाको सव पोष्टमार्टमका लागि धारचुला सामुदायिक स्वास्थ्य केन्द्रमा राखिएको पंगरियाले जानकारी दिनुभयो । घट्नाका विषयमा थप बुझ्ने काम भईरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।

प्रमुख जिल्ला अधिकारी पन्थीले भन्नुभयो मृत र घाईतेका विषयमा कुन कम्पनीले के कसरी काममा लगाएको हो भन्ने विषयमा बुझने काम भईरहेको छ ।अन्तराष्ट्रिय सीमा वैठकमा नेपाली कामदारको बीमाका विषयमा पनि छलफल गर्ने छौं ।

भारतमा काम गर्ने मजदुरको बीमा छैन रोजगारीका लागि भारतको पिथौरोगढ जिल्ला जाने हजारौं नेपाली मजदुर सडक र भवन निर्माणमा सलग्न भए पनि नेपाली मजदुरको बीमा नहुँदा समस्या हुने गरेको छ । यस अघि पनि सडक निर्माणको क्रममा पहिरोमा परि चार जना नेपालीले
ज्यान गुमाएका थिए ।

रोजगारीका लागि भारत जाने नेपालीको झुलाघाट सीमा नाकामासमेत कुनै तथ्याङ्क छैन । स्थानीय तहमा रोजगार शाखा भए पनि रोजगारीका लागि भारत जानेहरुको स्थानीय तहसँग न तथ्याङ्क छ नत बीमा नै हुने गरेको छ ।

अक्सफाम नेपाल र रुडेस बैतडीको पहलमा दुई वर्ष अघि बैतडीको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाले भारतमा काम गर्ने मजदुरको बीमा गर्ने काक्रम ल्याए पनि उक्त कार्यक्रमले जिल्लाका सबै स्थानीय तह समेट्न सकेको छैन ।

खुला सीमानाका कारण रोजगारीका लागि भारत जानेको सङ्ख्या अधि भएकाले स्थानीय सरकारले सकेसम्म पालिकामै रोजगारी सिर्जना गर्ने र भारतमा काम गर्न जानेको अनिवार्य बीमा गर्ने कार्यक्र ल्याउनु पर्ने बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu