Connect with us
Kapilvast Forest

बाघ संरक्षणमा नेपाल सफल देशका रुपमा स्थापित : प्रधानमन्त्री देउवा

२०७९, १३ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वका १३ देशले गरेको प्रतिबद्धताअनुसार नेपालले बाघको सङ्ख्या दोब्बर बनाउन सफल भएको र बाघ संरक्षणमा नेपाल सफल देशका रुपमा स्थापित भएको जानकारी दिनुभएको छ ।

उहाँले प्रकृतिको विशिष्ट र दुर्लभ वन्यजन्तुका रुपमा रहेको बाघ आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बताउनुभएको छ । विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय बाघ संरक्षण समिति नेपालद्वारा शुक्रबार यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले बाघको संरक्षणबाट वातावरण स्वच्छ हुने भएकाले यसको संरक्षणमा जुट्न आह्वान गर्नुभयो ।

बाघ पाइने विश्वका सीमित देशमध्ये नेपाल पनि एक भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले बाघको संरक्षणबाट पर्यटकीय क्रियाकलाप गरी आर्थिक उपार्जन बढ्ने बताउनुभयो ।बाघको संरक्षण वृद्धि सुखद नेपालले सन् २०१० रुसको सेन्ट पिटर्सवर्गमा गरिएको सम्मेलनको महत्वाकाङ्क्षी योजनाअनुसार लक्ष्य पूरा गर्न योगदान गर्ने सबैलाई हार्दिकधन्यवाद दिन चाहन्छु बाघका लागि पर्याप्त आहार र विचरण क्षेत्र नहुँदा मानवबस्तीमा पसेर दुःखद् घटना हुने गरेकाले यसबाट सचेत हुनुपर्ने समय आएको छ जनता ठूलो कि जनावर ठूलो भन्ने बहस चलेको छ उहाँले बताउनु भयो ।

बाघको बासस्थान व्यवस्थापन गरेर स्थानीयवासीको जीविकोपार्जन सुधार गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाले बताउनुभयो । बाघ संरक्षणका चुनौती अन्त्य गर्न थप अध्ययन अनुसन्धान आवश्यक भएको भनाइ उहाँले राख्नुभयो । संरक्षित क्षेत्र वरपरको बस्तीलाई सुरक्षित गर्न आवश्यक भएको पनि प्रधानमन्त्री देउवाले बताए ।

बाघको छला, हड्डीलगायतका कारण चोरी सिकारी हुनसक्ने भएकाले संरक्षणका चुनौती सामना गर्ने गरी तयारी गर्न मन्त्रालयलगायत सरोकार निकायलाई उहाँले निर्देशन दिनुभयो । उहाँले बाघ संरक्षणका लागि कर्मचारी वृद्धि, क्षमता वृद्धि, अन्तर्राष्ट्रिय सहायता संस्थासँग समन्वय आवश्यक भएको धारणा राख्नुभयो ।

हालै सरकारले वन्यजन्तु मैत्री पूर्वाधार निर्देशिका जारी गरेकाले त्यसअनुसार काम हुने विश्वास प्रधानमन्त्री देउवाले व्यक्त गर्नुभयो । समारोहमा पूर्व प्रधानमन्त्री एवम्नेकपाएकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले बाघको संरक्षणका लागि मन्त्रालय र यसअन्तर्गतका निकायलाई आग्रह गर्नुभयो । बाघ संरक्षणका क्षेत्रमा राम्रो काम गर्नेलाई पुरस्कृत गर्न पनि उहाँले सुझाव दिनुभयो ।

नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन बाघ पनि महत्वपूर्ण भएकाले यसको संरक्षण गर्नु आवश्यक छ, बाघको संरक्षणका लागि वन क्षेत्रको विकास गर्नुपर्छ, यसका लागि प्रकृति संरक्षण कोषले पनि ध्यान दिनुपर्छ अध्यक्ष नेपालले भन्नुभयो ।

प्रकृतिको संरक्षण गर्न नसके कुनै पनि जनावरको रक्षा गर्न नसकिने भएकाले सबैले आआफ्नो स्थानबाट संरक्षणमा जुट्नुपर्ने उहाँको भनाइ थियो । वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले बाघको संरक्षण गर्दा सङ्ख्या वृद्धि हुनुका साथै वातावरण संरक्षणमा पनि सहयोग पुग्ने भनाइ राख्नुभयो ।

उहाँले बाघको सङ्ख्या वृद्धिका लागि विशेष कार्यक्रम सुरु गरिएको बताउनुभयो । बाघ पाइने स्थानको पहिचान गरी नेपाली सोनाकोसमेत सहयोगले बाघ संरक्षण गर्न सकिएको उहाँले बताउनु भएका हुन् ।

सो अवसरमा हाल नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको जानकारी गराइएको थियो । सन् २०१० अघि १२१ बाघ मात्र नेपालमा थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक रामचन्द्र कँडेलले सन् २०१० मा बाघको सङ्ख्या घटेकोमा हाल उल्लेखनीय रुपमा बढेको बताए । नौ प्रजातिका बाघमध्ये विश्वमा तीन प्रजाति लोप भएर तीन प्रजाति मात्र थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu