Connect with us
Kapilvast Forest

३० औं पटकमा एसईई : उत्तीर्ण

२०७९, १४ श्रावण शनिबारमा प्रकाशित

धनगढी- कैलालीका ५३ वर्षीय भागिराम चौधरी ३० औं पटकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण हुनुभएको छ। २९ पटकसम्म परीक्षामा असफल चौधरी यो वर्ष २ जीपीए ल्याएर उत्तीर्ण हुनुभएको हो।

कैलारी गाउँपालिका–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयबाट उहाँले एसईई उत्तीर्ण गर्नुभएको विद्यालयका शिक्षक यामु शर्माले जानकारी दिनुभयो। २०५२ सालबाट चौधरी सोही विद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत हुनुहुन्छ।

चौधरीले कक्षा ११ र १२ जनता माध्यमिक विद्यालयमै पढ्ने बताउनुभएको छ। ‘यसवर्ष एसईई पास भएपछि धेरै खुशी भएको छु उहाँले भन्नुभयो अब कक्षा ११ र १२ पढ्छु।
कैलारी गाउँपालिका–६ बनकट्टा गाउँका चौधरीले २०४८ सालमा पहिलो पटक एसएलसी दिनु भएको थियो।

दीपेन्द्र माध्यमिक विद्यालय हसुलियाबाट पहिलो पटक एसएलसी परीक्षा दिनुभएका उहाँलाई सफलता हात लागेन। त्यसपछि हरेक वर्ष एसएलसी परीक्षा दिँदा उहाँ असफल हुनुभएको हो।

कोरोना महामारीको क्रममा दुई वर्ष विद्यालयले आन्तरिक मूल्याङ्कन गरेर पठाएको परिणामको आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको थियो। त्यो बेला चौधरीले चाहेको भए एसईई पास गर्ने राम्रो अवसर थियो शिक्षक शर्मा भन्नुहुन्छ तर उहाँले म लेखेर पास गर्छु भनेर फाराम भर्नुभएन। अहिले राम्रो नतिजा ल्याउनुभएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu