Connect with us
Kapilvast Forest

खीर खाने दिन : ५० लाख लिटरभन्दा बढी दूध खपत

२०७९, १५ श्रावण आईतवारमा प्रकाशित

विभिन्न कार्यक्रम गरी खीर दिवस मनाइँदैछ । असारको खेती कार्यमा ह्रास भएको शक्तिलाई पुनर्जागरण प्रदान गर्नका लागि साउन १५ गते खीर खाई स्वास्थ्य तथा तन्दुरुस्त बनाउने गरिन्छ । साउन १५ गते खीर खाने दिनलाई नै सरकारले खीर दिवसको रूपमा मनाउन थालेको छ ।

असारभरि पानी र हिलोमा खेल्दा सर्दी लाग्ने र तातो खीर खाँदा सर्दीबाट जोगिने विश्वास पनि रहेको छ । साउन १५ मा खासै धार्मिक महत्त्व नदेखिए पनि सांस्कृतिक महत्त्व रहेको बताइन्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले पोसिलो खीर, स्वस्थ शरीर मूल नाराका साथ यो खीर दिवस केन्द्रीय स्तरमा पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ लि, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपन्छी तथा मत्स्य पालन सहकारी संघ लि., नेपाल डेरी साईन्स एशोशिएसनको साथमा मनाइरहेको छ ।

साउन १५ मा घरपरिवारका सदस्यहरू एवं साथीभाइ एकै ठाउँमा भेला भई रमाइलो गर्दै खीर खाने चलन रहेको नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले बताए । अहिले पछिल्लो समय अफिस, स्कुल, कलेजमा पनि रमाइलो गर्दै खीर खाने चलन बढेर गएको बताउँदै उनले यसले पनि खीरको महत्त्व झन् बढाएको बताए ।

खीर खाने दिन दूधको जोहोमा सबैजना व्यस्त देखिन्छन् । साउन १५ गतेको बिहान दूध नपाइएला भनेर अघिल्लै दिनदेखि दूधको जोहो गरेर राख्ने चलन पनि देखिएको छ । कतिले दूध नपाइएला भनेर ३ दिन अघिदेखि नै नजिकैको डेरीमा अर्डर गरेर राख्ने गरेको अध्यक्ष दाहालले बताए ।

आजको दिन अर्थात् साउन १५ गते खीर खाने दिन अघि पछिको तुलनामा झन्डै ५ गुणा बढी दूध खपत हुनेको गरेको दाहालको दाबी छ । खीर दिन करिब ५० लाख लिटर दूध बजारमा बिक्री हुन्छ । यसबाट करिब ५० करोड रुपैयाँ कारोबार हुने गरेको उनले बताए ।

विश्वमा खीर खाने प्रचलन १४ औँ शताब्दीबाट सुरु भएको बोर्डले जनाएको छ । खीर खाने प्रचलनको सुरुवात चीनबाट भएको पाइन्छ । खीरलाई विश्वका विभिन्न देशमा विभिन्न नामले चिनिने गरेको छ ।

भारतको गुजरातमा दूधपाक, वंगालीमा पायस, श्रीलंकामा कीवाथको नामबाट खीरलाई चिन्ने गरिएको छ । खासगरी मध्यपूर्व एसिया, उत्तर अफ्रिका, पश्चिम एसिया, सार्क क्षेत्रमा बढी मात्रामा खीरको प्रयोग हुने गरेको पाइन्छ । यूरोप र अमेरिकामा समेत खीरलाई एक विशिष्ट खानाको रूपमा प्रयोग गरेको पाइन्छ ।

एक स्वस्थ्यकर पौष्टिक खाद्य पदार्थ भएकोले यसबाट मानव शरीरलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्वहरू पनि प्राप्त हुने हुनाले खीर उपयोगी सिद्ध भएको बोर्डका प्रमुख डा.राजेन्द्र यादवले बताए ।

नेपालको कूल गार्हस्थ्य उत्पादनमा धानपछि दुग्ध क्षेत्रको रहेको छ । दूधले घरेलु स्तरमा भोजन र पोषण सुरक्षा कायम गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उनले बताए । यस क्षेत्रले ग्रामीण रोजगार सिर्जना गर्न तथा सहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा रकम प्रवाह सुनिश्चित गर्न एवं राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ ।
दूधमा चिल्लो पदार्थ, प्रोटिन, कार्बोहाइड्रेड, खनिज पदार्थ र भिटामिन जस्ता शरीरलाई चाहिने अति आवश्यक तत्त्वहरू पाइने हुनाले दूध एक सम्पूर्ण खाद्य पदार्थ रहेको छ, जसले खीरको महत्त्व बढाएको छ ।

दूधमा हुने ३.० प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याकटोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट करिब ६० क्यालोरी शक्ति प्राप्त हुने गरेको बताइन्छ । एकजना स्वस्थ व्यक्तिलाई प्रतिदिन दुई हजार १०८ क्यालोरी शक्तिको आवश्यक पर्छ । साधारणतया १०० ग्राम खीरले ९२ क्यालोरी शक्ति प्रदान हुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu