Connect with us
Kapilvast Forest

चौंथो बाह्रखरी कथा प्रतियोगिताको : घोषणा

२०७९, १६ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं- १२ खरी बुक्सले ‘बाह्रखरी कथा प्रतियोगिता–२०७९’ घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस वर्षको प्रतियोगिता घोषणा गरिएको हो । यो कथा प्रतियोगिताको चौंथो संस्करण हो। नेपाली आख्यान साहित्यमा स्थापित साहित्यकारको सम्मान र नवप्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।

यस वर्ष साहित्यकार तथा समालोचक प्रा.डा कुमारप्रसाद कोइराला, साहित्यकार सगुना शाह र उमा सुवेदी निर्णायक समूहमा हुनुहुन्छ । प्रतियोगितामा प्राप्त भएकाकथामध्यबाट ब्राहखरीको आन्तरिक निर्णायक मण्डलले ५० कथा छानेर ती मध्यबाट निर्णायक समूहले उत्कृष्ट कथा २०७९ पुस्तकका लागि २५ वटा छान्ने र त्यसमध्यबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा गरिनेछ ।

प्रतियोगितमा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षजस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिनेछ । त्यस्तै, अन्तिम चरणरम्म पुग्न सफल भएका २५ कथाको पुस्तक प्रकाशन गरिनेछ र संग्रहमा प्रकाशित हुन बाँकी २२ कथालाई जनही पाँच हजार रुपियाँ सम्मान स्वरुप प्रदान गरिनेछ ।

पत्रकार सम्मेलनमा मुख्य निर्णायक प्रा.डा. कुमारप्रसाद कोइरालाले सबैभन्दा कलात्मक र सुन्दर सञ्चारमाध्यम नै साहित्य भएको बताउनुभयो । कोइरालाले सर्जकसँगै पाठकको पनि उत्तिकै महत्त्व रहेको जानकरी दिनुभयो ।

बाह्रखरी कथा प्रतियोगिताका पहिलो संस्करणका विजेता बिना थिङ तामाङले आफ्नो अनुभव बताउँदै कथामा चरित्र स्थापित गर्नु नै कथाकारको दायित्व रहेको बताउनुभयो । कथाकारले आफ्नो कथामा मनोदशा र मनस्थितिलाई उतार्नु पर्ने उहाँको अनुभव छ ।

प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा २०७९ भदौ १४ गतेभित्र ‘बाह्रखरी कथा’ को इमेल ठेगाना मा पठाउनुपर्नेछ ।कथा प्रतियोगिताको नतिजा २०७९ असोज ३० गते आइतबार एक कार्यक्रमबीच सार्वजनिक गरिनेछ । सोही दिन ‘उत्कृष्ट कथा–२०७९’ को लोकार्पणसमेत हुनेछ । आधुनिक नेपाली कथा क्षेत्रमा कलम चलाउने स्थापित लेखकदेखि नवप्रतिभासम्मले ‘बाह्रखरी कथा प्रतियोगितामा’मा भाग लिन सक्नेछन् ।

प्रतियोगितामा भाग लिन यस्ता छन् नियम :
-कथा नेपाली भाषामा लेखिएको हुनुपर्नेछ।
-अघिल्लो वर्षको प्रतियोगिताका लागि प्राप्त कथा दोहोर्‍याएर पठाउन पाइने छैन।
-कथा अप्रकाशित र अप्रसारित हुनुपर्नेछ । प्रतियोगिताको नतिजा सार्वजनिक नहुन्जेल कतै प्रकाशन तथा प्रसारण गर्न पाइने छैन।
-छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।
-बाह्रखरी कथा प्रतियोगिता’मा भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रुपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रशारण गर्न ‘बाह्रखरी बुक्स’को पूर्वस्वीकृति अनिवार्य छ।

-कथा कम्तीमा १५ सय शब्द र बढीमा चार हजार शब्दसम्मको हुनुपर्नेछ।
-प्रतियोगीले कथासँगै आफ्नो परिचय, सम्पर्क नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्नेछ।
-प्रतियोगिताका लागि छानिएका कथाकारलाई ‘बाह्रखरी बुक्स’ले इमेल तथा फोनमार्फत् सम्पर्क गर्नेछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu