Connect with us
Kapilvast Forest

खोलाले बगाएर बेपत्ता भएका किशोरको : शव फेला

२०७९, १८ श्रावण बुधबारमा प्रकाशित

दमक- झापाको गौरादह ९ को कमल खोलामा नुहाउन जाँदा बगाएर मंगलवार दिउसो बेपत्ता हुनु भएका एक किशोरको शव बुधवार विहान फेला परेको छ । कमल गाँउपालिका वडा नं.१ का डिल्लीप्रसाद खरेलका १८ वर्षीय छोरा उज्ज्वल खरेललाई खोलाले बगाउदा बेपत्ता भएपछि प्रहरी र स्थानीयले रातभर खोजी कार्य गरेको थिए ।

मंगलबार दिउसो साथीहरुसँग नुहाउन गएका खरेल पानीमा डुबेर बेपत्ता भएपछि प्रहरी र स्थानीयवासीले खोजतलास गर्दा पनि पत्तो नपाएपछि मंगलवार साँझ चन्द्रगढीस्थित प्रदेशस्तरीय विपद् व्यवस्थापन कार्यालयबाट २९ जना गोताखोरको टोली आएर वेपत्ता खरेलको खोजी गरेको थियो ।

बिहान साढे ८ बजे खरेलेको शव खोलाबाट शशस्त्र प्रहरीको गोताखोरको टोलीले बाहिर निकालेको हो । ४ जना साथीभाई मिलेर पौडी खेल्न गएका थिए । खरेल डुबेर बेपत्ता भएपछि संगै गएका साथीहरु आएर गाँउलेले भनेपछि तत्कालैदेखि खोजी कार्य शुरु भएको थियो । लगातरको वर्षाका कारण कमल खोलामा बाढी आइरहेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu