Connect with us
Kapilvast Forest

साउदी अरवियाका आमा छोरीद्धारा विजयनगरको कलेजलाई सहयोग

२०७६, २७ आश्विन सोमबारमा प्रकाशित

कपिलवस्तु असोज २७,

कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले उत्कृष्ट कार्य गरेको देखेर साउदी अरवियाबाट एक आमाछोरीले आर्थिक सहयोग गरेका छन् ।

सहयोग स्वरुप आएको रुपियाँ सोमवार थापाले आफै मुस्लिम गल्र्स कलेजकामा पुगी शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समिति विच कलेजलाई हस्तान्तरण गर्नु भएको छ । अझै यस मुस्लिम गल्र्स कलेजलाई आफु पनि सक्दो सहयोग गरिरहने बताउनु भयो । केही समय अगाडी गाउँपालिका अध्यक्ष थापाले आफ्नो फेसबुकमा मुस्लिम गल्र्स कलेज स्थापनाको फोटो हाल्नु भएको थियो ।

यसरी उक्त कार्य देखेर मुस्लिम गल्र्स कलेजको फोटो देखेर साउदी अरबियाबाट आमाले १ हजार र छोरीले ५ सय अरवियन रियाल अर्थात ४४ हजार ६ सय ३० रुपियाँ नेपाली सहयोग गरेका हुन् । गाउँपालिका अध्यक्ष थापाले मुस्लिम समुदायका छोरीहरुलाई पनि शिक्षाको मूल धारमा ल्याउनका लागि मदरसा जामिया रजबिया लिलबनात मुस्लिम गल्र्स कलेजको स्थापना गर्न विशेष कदम चाल्नु भएको थियो ।

उक्त मुस्लिम गल्र्स कलेज गाउँपालिकाको वडा नं. ४ डगडौवामा स्थापना गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नफिस खाँले खुसी हुँदै जामिया रजबिया लिलबनात मुस्लिम गल्र्स कलेजलाई सहयोग गरेको भन्दै गाउँपालिकाका अध्यक्ष थापा र आमाछोरीलाई धन्यवाद व्यक्त गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu