कोसी प्रभावित क्षेत्र पुगेर परराष्ट्रमन्त्री खड्काले भने : बहाव घटेपछि बाँध लगाउँछौं
परराष्ट्रमन्त्री- नारायण खड्काले कोसी प्रभावित क्षेत्रको निरीक्षण गर्नु भएका छन् । बिहीबार बिहान आफ्नो निर्वाचन क्षेत्र समेत रहेको उदयपुरको वेलका नगरपालिकास्थित प्रभावित क्षेत्र पुगेर मन्त्री खड्काले कोसी पीडितहरूको सुरक्षा र राहतका लागि राज्यको सम्पूर्ण शक्ति अहिले प्रभावित क्षेत्रमा खटिएको जानकारी दिनुभएको छ ।
मैले भर्खरै मात्र गृहमन्त्रीलाई फोन गरेँ। अहिले पीडितहरूको सुरक्षा र राहतका लागि राज्यको सबै शक्ति यहाँ आएको छ खड्काले भने। साथै उनले अब कोसीको बहाव घटेपछि बाँध लगाउने कार्यलाई सुरू गरिने उहाँले बताउनु भयो ।
यसअघि जिल्लाकै त्रियुगा नदीमा बाँध लगाइएको कुरा उल्लेख गर्दै मन्त्री खड्काले भने कोसीको बहाव घटेपछि फेरि म आउँछु र राम्रो डिजाइन गरेर कति खर्च लाग्छ? हामी स्थानीय र बाह्य स्रोतसाधन प्रयोग गरेर भए पनि हामि नदीमा बाँध बाध्ने काम गर्ने छौँ ।
हिजो बुधबार बिहान करिब ३ बजेतिर सप्तकोसीले धार परिवर्तन गर्दा बाढी बस्तीमा पसेको थियो। जसले गर्दा उदयपुरको वेलका नगरपालिकाका पाँच वटा वडा र सुनसरीको बराहक्षेत्र नगरपालिकाको दुई वटा प्रत्यक्ष प्रभावित भएका हुन् ।
अहिले उक्त स्थानका मानिसहरूलाई सुरक्षित स्थानमा ल्याउने काम भइरहेको छ भने कति ठाउँमा मानिसहरू आफ्नो जग्गाजमिन आरक्षले ओगट्ने डरले थातथलो छोड्न मानेका छैनन्।