Connect with us
Kapilvast Forest

राष्ट्रपति भण्डारी असोज २९ म्यानमारको राजकीय भ्रमणमा जाने

२०७६, २७ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको ४ दिने राजकीय भ्रमणमा जाने भएकी छिन्।

त्यहाँका राष्ट्रपति वीन मिन्टको निमन्त्रणमा असोज २९ गते भण्डारी म्यान्मार जान लागेकी हुन्।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले समकक्षी मिन्ट, स्टेट काउन्सलर आङसाङ सुकीसँग भेटवार्ता गर्ने छिन्।

राष्ट्रपति भण्डारीको सम्मानमा समकक्षी मिन्टले विशेष रात्रीभोजको आयोजना गर्ने छन्।

परराष्ट्र मन्त्रालयलय भ्रमणबारे आइतबार निकालेको विज्ञप्तिमा भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले म्यान्मारमा रहेका नेपाली नागरिकसँग भेटघाट गर्ने उल्लेख छ।

त्यस्तै उनले रंगोनमा रहेका ऐतिहासिक सम्पदाहरुको अवलोकण गर्ने छन्।

भण्डारी नेतृत्वको मन्त्री मण्डलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी र राष्ट्रपति कार्यालयका सचिवलगायत उच्च सरकारी अधिकारी सहभागी हुने छन्।

भण्डारी कार्तिक ३ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu