Connect with us
Kapilvast Forest

१४ वर्षपछि बसेको नेपाल–बंगलादेश जलस्रोत समिति : बैठकमा के–के भयो?

२०७९, २० श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौंमा- बसेको नेपाल–बंगलादेश जलस्रोत समितिको बिहीबारको बैठक सकिएको छ । बैठक मुख्य गरी कसरी जलस्रोतको अधिकतम उपभोग गर्न सकिन्छ र बाढी तथा यसबाट हुने क्षति कसरी कम गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जलस्रोत महाशाखा प्रमुख डा. महेश्वर श्रेष्ठले बताउनु भयो ।

हामीले बाढी न्यूनीकरण, सिँचाइमा भएका प्रविधिहरूको प्रयोग बढाउने विषयमा पनि छलफल गरेका छौं। सिँचाइ तथा बाढी न्यूनीकरण क्षमता अभिवृद्धि गर्ने विषयमा गहन छलफल भएको छ डा.श्रेष्ठले बताए ।

बैठकले जलस्रोतमा प्रविधि प्रयोग गरी अधिकतम उपयोग बढाउन तथा बाढी न्यूनीकरण, जलवायु परिवर्तनले गर्ने असरलाई न्यूनीकरण गर्ने लगायतका विषयमा अध्ययनका लागि संयुक्त प्राविधिक अध्ययन समिति पनि गठन गरिएको थियो ।

जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिवको नेतृत्वमा ६ सदस्यीय समिति गठन भएको उनले बताए। यो समितिमा जलस्रोत तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक, सिँचाइ विभागका उपमहानिर्देशक, अनुसन्धान केन्दका अधिकारी लगायत सम्मिलित छन्। समितिले छलफलमा उठेका विषयमा अध्ययन अनुसन्धानअघि बढाउने छ।

उक्त प्राविधिक समितिको बैठक आगामी सेप्टेम्बरमा बस्ने र बाँकी प्रक्रिया अगाडि बढाइने श्रेष्ठले बताए। त्यसपछि दुई मुलुकबीच सम्झौता हुने र कार्यान्वयनको पाटो अघि बढ्ने पनि उनले जानकारी गराउनु भयो ।

नेपाल–बंगलादेश जलस्रोत समितिको बैठक १४ वर्षपछि बसेको हो। अघिल्लो बैठक सन् २००८ को फेब्रुअरी २६ देखि २९ सम्म चलेको थियो। त्यसयता लामो समयदेखि बैठक बस्न सकेको थिएन।

बैठकमा बंगलादेशका तर्फबाट त्यहाँको जलस्रोत मन्त्रालयका सचिव कवीर बिन अन्वरको टोली र नेपालका तर्फबाट जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, डा. श्रेष्ठसहित विद्युत विकास विभागका महानिर्देशक सन्दीप देव, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक शुशीलचन्द्र आचार्य लगायतको सहभागिता भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu