Connect with us
Kapilvast Forest

भेरी र कर्णाली करिडोरलाई प्राथमिकता दिने: मुख्यमन्त्री शाही

२०७९, २१ श्रावण शनिबारमा प्रकाशित

जाजरकोट- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले भेरी र कर्णाली करिडोरलाई प्राथमिकता दिने बताउनुभएको छ । विकास र सुशासन नै समृद्धिको आधार भएकाले ठूला योजनालाई प्राथमिकतामा राखेर काम गर्ने जानकारी दिनुभएको छ ।

गत स्थानीय तहको निर्वाचनमा जाजरकोटका सात वटै पालिकाबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षण दिन जाजरकोट पुग्नुभएका मुख्यमन्त्री शाहीले कर्णाली र भेरी करिडोरको काम अगाडि बढाउने बताएका हुन् ।

कर्णाली सरकारबाट प्राप्त बजेटले नमूना काम गर्न कर्मचारीलाई उहाँले आग्रह गर्नुभयो । स्थानीय र प्रदेश सरकार हुँदै केन्द्र सरकारले अन्तिममा बजेट निर्माण गर्नुपर्नेमा अन्यथा भएकाले तालमेल नमिलेको उहाँले भन्नु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu