राष्ट्रपति भण्डारी आज म्यानमार जाँदै
भ्रमणमा उहाँले राष्ट्रपति विन र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्वीपक्षीय सम्बन्धबारे छलफल गर्नु हुनेछ । राष्ट्रपति भण्डारीले नेपाली मुलका म्यानमारका नागरिकहरुसँग समेत पायन यु लायनमा भेट्ने कार्यक्रम छ ।
राष्ट्रपतिले यंगुनको ऐतिहासिक स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली पनि सहभागी हुनुहुनेछ ।