वाईसीएलमा नयाँ नेतृत्व, अध्यक्षमा श्रीपाली चयन
काठमाडौँ- नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली चयन हुनुभएको छ ।
काठमाडौ सम्पन्न राष्ट्रिय भेलाबाट श्रीपालीलाई अध्यक्षमा चयन गरेकाे हाे।
पार्टी अध्यक्ष प्रचण्डले शुक्रबार उद्घाटन गर्नुभएको थियाे । उदघाटन पछि सुरु भएकाे बन्दसत्रले सर्वसम्मत रुपमा श्रीपाली अध्यक्ष चयन हुनुभएको हाे । यसअघि उहाँ वाईसीएलको सहसंयोजक हुनुहुन्थ्यो ।
यस्तै भेलाले महासचिवमा गणेश शाही चयन गरेकाे छ । केन्द्रीय समिति ३५१ सदस्यीय घोषणा गरिएको छ भने जसमा पदाधिकारी ६१ जना रहेका छन् ।