Connect with us
Kapilvast Forest

कुलो विवादमा एकजनाको मृत्यु

२०७९, ७ भाद्र मंगलवारमा प्रकाशित

कपिलबस्तुमा सिँचाइ गर्ने कुलोको विवादबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाराजगंज नगरपालिका २ पडरियाका ६८ वर्षीय अब्दुल जब्बार धुनिया रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक जेशी साहले बताउनुभयो ।

स्थानीय ६३ वर्षीय अब्दुल हक मुसलमान र उहाँका छोरा २० वर्षका सम्साद मुसलमानले धुनियालाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते धुनियाको कपिलबस्तु अस्पतालमा उपचारको क्रममा दिउँसो मृत्यु भएको हो ।

घटनामा संलग्न बाबु छोरालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक साहले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu