Connect with us
Kapilvast Forest

कपिलवस्तुमा लैगिंक हिंसा न्युनीकरण गर्न गाह्रो: प्रजिअ मिश्र

२०७९, ९ भाद्र बिहीबारमा प्रकाशित

कपिलवस्तु-
प्रजिअ धर्मेन्द्र कुमार मिश्रले कपिलवस्तुमा गाउ घर मै जस्तो सुकै घटना मिलाउने चलनले गर्दा लैगिंक हिन्सा न्युनीकरणमा गाह्रो हुने गरेको बताएका छन । साना देखि ठुलो घटना पनि समाजमै मिलाउने चलनले गर्दा लैगिंक हिंसा न्युनीकरणको समस्या जटिल बनेको उनले बताए । कपिलवस्तुको तौलिहवामा महिला पुर्नस्थापना केन्द्र आरेक र महिला मावन अधिकार रक्षकको संयुक्त आयोजनामा लैगिंक हिन्सा प्रभावित महिला बालबालिका किशोर किशोरीको सुरक्षित सन्प्रेषण प्रकृया र पुर्नस्थापनाकालागि सरोकारवाला बिच समन्वय बैठकमा प्रजिअ मिश्रले सो कुरा बताएका हुन ।

‘ गाउ घर मै घटनाहरु मिलाउने चलन बढी छ त्यसैले हिंसा न्युनीकरणमा चुनौती छ ’ उनले भने । उनले हथिहवाको शिबलमामा एक साता अघि नक्कली डाक्टरले सुई लगाउदा एक १४ बर्षिय बालक मरेको घटनामा मृतकका बुवाले साढे ४ लाख लिएर जाहेरी समेत नदिएको कुरा सुनेको उनले बताए । ‘ यस्ता गंभीर खालका घटना त समाजमा लेनदेन गरी मिलाउने गरिएको छ यस्तोमा हिंसा न्युनीकरण कसरी गर्ने भन्दै उनले प्रश्न गरे ।

सो घटनाको गहन अनुसंधान गर्न आफुले प्रहरीलाई निर्देशन गरेको बताए । स्थानीय सरकार संचालन ऐनमा लैंगिक हिन्साका बारे कुरा उल्लेख नभएकाले पालिका उप प्रमुखलाई समेत काम गर्न गाह्रो परेको उनले बताए । अझै पनि गाउ समाजमा प्रहरी प्रशासन मै बिश्वास गर्ने गरेकोले साना तिना घटनामा समेत आफुहरु संलगन हुनु परेको उनले बताए । उनले अभिभावहरुले आफना सन्तानको चाहना बारे र गतिबिधि बारे अनभिज्ञ हुदा आत्महत्या बढेका उलने बताए । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले लैगिक हिंसा न्युनीकरणकालागि जन चेतना फैलाउनु पर्ने बताए ।

अहिले समाजमा बढदो सामाजिक संजालको प्रयोग पनि हिंसाका कारण बनेको भन्दै त्यसको सही सदु्पयो गनु पर्ने उनले बताए । उनले हिंसा न्युनीकरणकालागि पालिकाहरुले परामर्शदाता राख्न् पर्ने बताए । उनले सरोकारवाला निकाय बिच समन्वय समेत बढाउनु पर्ने बताए । कपिलवस्तु नगरपालिकाकी उप प्रमुख सुनिता गुप्ताले आफुकहा लैंिगह हिंसा बारे कुनै उजुरी नआएको भन्दै त्यसको रोकथमाकलागि गाउ गाउमा जनचेतना फैलाउनु पर्ने बताईन ।

ओरेककी प्रभा पौडेलले आउने समस्यालाई समन्वय र सहकार्य र सहजीकरण गरी समाधान गर्नु पर्ने बताईन । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलकी प्रमुख तथा प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले कपिलवस्तुमा लैगिक र महिला हिंसा अत्यधिक हुने गरेको बताईन ।

एक दिन मै १२ वटा सम्म उजुरी पर्ने गरेको र नगरपालिकामा समाधान हुने घटनामा समेत प्रहरीमा उजुरी दिने गरिएको उनले बताइृन । कपिलवस्तुमा आत्महत्या र बाल बिवाह समेत अधिक रहेकोले त्यसलाई न्युकीकरण गर्नु पर्ने बताईन । तौलिहवमा अस्पतालका डाक्टर तथा ओसिएमसिका ईन्चार्ज गणेश क्षेत्रीले मुस्लिम मधेसी र दलित समुदायबाट बढी हिंसाका घटना आउने गरेको बताए ।

बार्षिक ४० देखि ५० वटा केस मात्र वास्तविक रहने गरेको उनले बताए । बिमला पौडेकाले अध्यक्षता र संगीता चौरसियाको संचालनमा भएको कार्यक्रममा गैसस महासंधका अध्यक्ष प्रबिण श्रीवास्तव, क्रिडाककी उमा चौधरी, निलहीरा समाजकी प्रेरण बिष्ट, लगायतले बिभिन्न सुझाव दिएका थिए । हिंसामा परेकोलाइृ राख्न साथी सस्थाको अगुावईमा १० बेडको सेवा संचालन छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu