तौलिहवामा बजाज माईलेज च्याम्पेन प्रतियोगीता हुने
कपिलवस्तु– बजाज कम्पनीको डिस्कभर मोटरसाईकलको माईलेज यकिन गर्न कपिलवस्तुको तौलिहवामा बजाज माईलेज च्याम्पेन प्रतियोगीता हुने भएको छ । आधिकारिक बिक्रेता कपिलवस्तुको तौलिहवामा केदानाथ मोटरसाईलक पार्टसले तौलिहवामा पत्रकार सम्मलेनमा सो कुराको जानकारी गराएको हो । कम्पनीका रिजनल मेनेजर प्रकाश शर्माले डिस्कभर मोटरसाईकलको वास्तविक माईलेज पत्ता लगाउन १२५ सिसिको डिस्कभर मोटरसाईकल चलाएर सो कुराको पत्ता लगाईन बताए ।
उनले तौलिहवाको बुद्धपद उमाबिको खेलमैदानमा भदौ १२ गते बिहान साढे नौ बजे प्रतियोगी सूरु हुनेछ । ५ वटा अन टेस्ट डिस्कभर मोटरसाईकलमा सय एमएल पेट्राल हानेर प्रतियोगीतामा सहभागी हुनेलाई चलाउन दिईने छ । प्रतियोगीतामा सय जनालाई मोटरसाईल चलाउन दिइनेछ । सो प्रतियोगीतामा जसले बढी माईलेज दिनेछ उसैलाई बिजेता घोषित गरिनेछ ।
प्रथमलाई ७ द्धितीयलाई ५ र तृतीयलाई ४ हजार बराबरको मोटरासईलमा काम लाग्ने सामाग्री दिईने केदारनाथ मोटरसाईकल पार्टसका मालिक बिष्णु पाठकले बताए । अहिले पेट्राल अत्यधिक महंगो हुदा मध्यमस्तीय परिवारको रोजाई डिस्कर रहेको उनले बताए ।
यो प्रतियोगीताबाट डिस्कभरले कति माईले दिन्छ त्यसको यकिन हुने उनले बताए । बजारको लुक्स प्राईज र बढी माईले दिने भएकाले कृषक शिक्षक लगायतको रोजाईमा डिस्कभर पर्ने गरेको रिजनल मेनेजर शर्माले दाबी गरे । पत्रकार हरि अधिकारीको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघका प्रदेश सदस्य गोपाल भन्डारी र पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले मन्तब्य दिएका थिए । पत्रकार सम्मेलनमा ट्राफिक प्रहरी तौलिहवाका असई युवराज बास्तोला लगायत एक दर्जन पत्रकारहरुको सहभागीता थियो ।