Connect with us
Kapilvast Forest

राज्यमन्त्री चौधरी पदमुक्त

२०७९, १६ भाद्र बिहीबारमा प्रकाशित

सुदूरपश्‍चिम- सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई पदमुक्त गरिएको छ । नेकपा (एकीकृत समाजवादी) को तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारीमा रहनुभएका चौधरीलाई सो पार्टीकै सिफारिसमा पदमुक्त गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणवहादुर रावलले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका नीजिसचिव कृष्णराज जोशीकाअनुसार राज्यमन्त्री चौधरी नेकपा (एमाले) मा प्रवेश गर्ने तयारीमा लागेकाले सो पार्टीका संसदीय दलका नेता एवम् प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ स्वडारीको सिफारिसमा राज्यमन्त्री चौधरीलाई मुख्यमन्त्रीले पदमुक्त गर्नुभएको बुझिएको छ ।

चौधरी नेकपा (एकीकृत समाजवादी) बाट २०७८ चैत २५ गते राज्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu